• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ट्विटरले आफ्नो डिजाइन परिवर्तन गर्यो

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो ‘ले आउट’ डिजाइनमा केही प्रमुख परिवर्तन गरेको छ । 

सोमबारदेखि ट्विटरले विश्वव्यापी रुपमा आफ्नो वेबसाइटलाई नयाँ डिजाइनमा परिवर्तन गरिरहेको छ ।  जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यद्यपि, अझै पनि ट्विटरमा ट्विटहरुलाई सम्पादन गर्न भने सकिँदैन ।

विश्वव्यापी रुपमा ट्विटरको सहज र सुलभ प्रयोगका लागि डिजाइनमा परिवर्तन ल्याइएको ट्विटरले बताएको छ । 

ट्विटरको नयाँ डिजाइनमा ‘लगिङ आउट’मा नगई स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ । 

त्यस्तै, ‘नेभिगेसन’ बारलाई बायाँतर्फ लगिएको छ भने डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । 

यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर