बाजुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ११ घाईते

फाइल तस्बिर

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् ।

कर्णाली करिडोर अन्तरगत जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ भुवाखोलामा क १ ज २१ नम्वरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परि जिप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए।

घाईते ११ मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र सबैलाई उपचारका लागि कोहलपुर लैजान लागिएको उनले बताए । उकालोमा जिप दुर्घटना भएर ५० मिटर सडकभन्दा तल खसेको समेत उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर