टिकटकको कारण एजाज खान पक्राउ


एजेन्सी । अभिनेता तथा बिग बसका पूर्व प्रतियोगी एजाज खान पक्राउ परेका छन् । उनले  टिकटकमा एउटा  भिडियो बनाएका थिए । जसमा  तबरेज अंसारीको मृत्युपछि एक समुदायलाई धम्काइएको थियाे । साथै एक समुदायविरुद्ध बोलिरहेका थिए ।

यति मात्र होइन एजाजले भिडियोमा हिंसा भड्काउने धम्की पनि दिएका थिए । टिकटक भिडियोमा एजाज खानले एक बलिउड डायलग बोलेर मुम्बई पुलिसको खिल्ली  पनि उडाएका थिए । यसै कारण उनलाई पक्राउ गरिएको छ । 

मुम्बई पुलिसले केही टिकटक सेलब्रिटीविरुद्ध एफआईआर दर्ता गरेका थिए । तबरेज अंसारीको कुटीकुटी हत्या गरिएपछि केही टिकटक सेलिब्रिटीले गु्रप बनाएर विवादित भिडियो पोष्ट गरेका थिए । एजाज खानले यो भिडियोलाई समर्थन गरेका थिए । एजाज खान यसअघि पनि लागुऔषध राखेको मामलामा पनि पक्राउ भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर