सिके राउतको जीवनीमा आधारित फिल्म बन्ने

काठमाडौं । डाक्टर सिके राउतको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । उक्त फिल्मको नाम ‘डाक्टर सिके राउत दि प्यासन’ राखिएको छ । 

फिल्लमा आधा कथा सत्य र आधा काल्पनिक हुनेछ । विजेता गिरीको प्रस्तुति रहने फिल्मलाई राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्दैछ ।

फिल्मलाई सन्तोष शाहले निर्देशन गर्दैछन् । भोजपुरी कलाकार परदेशी शाहले सिके राउतको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतको अभिनय रहनेछ । फिल्ममा पवन गौतमको छायांकन, रेवन्त विक्रम थापाको एक्सन, रामजी लामिछाने र लिगेश भट्टराइको कोरियोग्राफी रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर