• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अस्ट्रियामा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

तस्विर : स्ट्रेइट टाइम्स

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा विमान ठोक्किएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार विमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो । 

कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । विमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर