१७ प्रतिशतले बढ्यो रेमिट्यान्स, एघार महिनामा झण्डै ८ खर्ब भित्रियो

वैदेशिक रोजगारीमा जाने ३७ प्रतिशतले कमी

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक बर्षको तुलनामा  १७ दशमलव ४४ प्रतिशतले बढी हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३५ ले मात्र बढेको थियो । यसैगरी, खुद ट्रान्सफर आय १६.६५ ले वृद्धि भएर ९ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१५ ले मात्र बढेको थियो ।
 
यता, रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको छ । समिक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७ दशमलव ३५ ले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ८ दशमलव २५ ले घटेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर