• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 09:47 pm

संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण सुरु

काठमाडौं । संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए । उनले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्यांकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसै अनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताए ।

निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन पनि आग्रह गरेका थिए ।

यता, समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गरेका थिए । 

बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि सो समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यस अघि नै सचेत गराएको थियो । सभापति श्रेष्ठले यो समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर सरकारलाई आवश्यक निर्देशन दिने गरी डुबान, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको कामलाई सुरु गरिएको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपराष्ट्रपति पुन ‘सार्क चार्टर डे’ समारोहमा

  • २३ मङ्सिर, २०७६

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित

सियान र मोदीबीच भगिनी सम्बन्ध

  • २३ मङ्सिर, २०७६

पर्वत । पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।  मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान

हृदयघातका कारण वडा सदस्यको मृत्यु

  • २३ मङ्सिर, २०७६

तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ ।  वडा कार्यालयको नियमित बैठक बसिरहेको