• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जातिय छुवाछुत र भेदभावको अन्त्य आवश्यक – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । संगठनको संयोजकको जिम्मेवारी श्रवण कुमार नेपाली (गुल्मी) लाई दिइएको छ । नेपालीको संयोजकत्वमा ४४ सदस्यीय तदर्थ कार्य समिति गठन भएको हो । 

नवगठित कार्य समितिको सहसंयोजकहरुमा गंगा वि.क. (काठमाडौं), पतिराम चुनारा (कञ्चनपुर), मिना स्वर्णकार (दाङ), कोमल वि.क. (दाङ), जुद्ध बहादुर लोहनी (सुनसरी), सरला वि.क. (काठमाडौं), बद्री प्रसाद परियार (कास्की), निर्मला पासवान (महोत्तरी), महासचिबमा राम नेपाली (नुवाकोट) तथा कोषाध्यक्षमा रण बहादुर वोहरा (वागलुङ) रहेका छन् ।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई एक समारोहका बिच पार्टी अध्यक्ष कमल थापाले जिम्मेवारी पत्र हस्तान्तरण गर्दै संगठनलाई बलियो बनाउनका निमित्त देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिए । धार्मीक ग्रन्थहरुमा छुवाछुत र भेदभावलाई कतैपनि उल्लेख नगरिएको भन्दै व्यवहारिक रुपमा रहेको जातिय छुवाछुत र भेदभावलाई अन्त्य गर्न र भ्रमहरुलाई चिर्दै संगठन विस्तारमा केन्द्रीत हुन समितिलाई अध्यक्ष थापाले निर्देशन दिए ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण गुरुङ, महामन्त्री भास्कर भद्रा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता नीलकण्ठ काफ्ले लगायतका नेताहरुले शुभकामना दिएको सहायक महामन्त्री राजाराम वर्तौैलाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर