• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:21 pm

आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन 

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटि गठन गरेको हो । 

अध्यक्षमा निर्वाचित ढुंगाना अनलाइन खबरमा कार्यरत आर्थिक पत्रकार हुन् । संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरो लगानी डटकमका सुधा देवकोटा निर्वाचित भएका छन् । 

यसैगरी संघको सचिवमा मेरो लगानी डटकमका तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका बस्नेत निर्वाचित भएका छन् भने संघको कोषाध्यक्ष राजधानी दैनिककी पुजा चँदरा र सहकोषाध्यक्षमा विकासन्यूज डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन् । 

संघको सदस्यहरुमा विजमाण्डू डटकमा खेमराज श्रेष्ठ ९अमिर०, बैंकिङ खबर डटकमकी दीलु कार्की, बाह्रखरी डटकमका सुरञ्जन घिमिरे, विजपाटी डटकमका शिव धिताल, नेपाल समाचारपत्रका भोला देवकोटा, याहो टेलिभिजनका दीपेश घिमिरे, मेरो लगानी डटकमका अरुण पाख्रिन, अर्थडबलीकी सीता श्रेष्ठ र अर्थसंसार डटकमकी कमला भुसाल चयन भएका छन् । 

भेलाले चार सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ । सल्लाहकारहरुमा भक्तराज रसाईली,, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका हुन् । सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गत आवमा वाणिज्य बैंकहरूले कमाए ६५ अर्ब

  • ३२ श्रावण, २०७६

काठमाडौं  । आर्थिक वर्ष २०७५/७६ मा २८ वटा वाणिज्य बैंकले ६५ अर्ब ३९ करोड खुद नाफा गरेका छन । आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षमा बैंकहरुको

उत्पादन वृद्धि गर्न किसानलाई अनुदान 

  • ३० श्रावण, २०७६

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई मासुमा अनुदान दिने व्यवस्था गरेको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २०

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

  • २९ श्रावण, २०७६

काठमाडौँ  । धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से