शोधनान्तर घाटा ९० अर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को पहिलो एघार महिनामा शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ रूपैँया पुगेको छ । देशबाट भित्रने भन्दा बाहिरिने रकम बढी भएपछि शोधनान्तर घाटा उच्च अंकले बढेको हो । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन अनुसार मुलुकको आयात १७ दशलमव ३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै निर्यात जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँको मात्रै रहेको छ । 

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाख रुपैयाँले घाटामा रहेको छ ।

शोधनान्तर भन्नाले मुलुक भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि चालु वर्षको एघार महिनामा शोधनान्तर घाटा झण्डै खर्ब रूपैँया पुगेको छ ।  समिक्षा अवधिमा वस्तु व्यापारघाटा रु.१२११ अर्ब ९६ करोड पुगेको छ । भने सेवा तर्फ ८० अर्ब ४५ करोड पुगेको घाटा छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड रुपैयाँ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड रुपैयाँ थियो । 

त्यस्तै यो अवधिमा बिदेशी सञ्चिति पनि घट्दै गएको छ। २०७६ असारमा ११०२ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०७५ जेठसम्म आइपुग्दा घटेर १०३० अर्ब ८८ करोडमा रुपैयाँ झरेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर