• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पत्रकारले तथ्याङ्कअनुरुप मात्रै समाचार लेख्नुपर्छ : सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले तथ्यअनुरुप समाचार लेख्न पत्रकारलाई सुझाव दिएका छन् । संसदीय संचारको अभिवृद्धिका लागि आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुख महराले सो कुरा बताएका हुन् । संसदलाई प्रभावकारी बनाउन सरकारको पनि उत्तिकै भूमिका हुने उनको भनाई छ ।  

काभ्रेको धुलिखेलमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै सभामुख महराले भने– ‘संसदलाई प्रभावकारी बनाउन सरकारको पनि उत्तिकै भूमिका हुन्छ, संघीय संरचनामा देश अभ्यस्त भईसकेको छैन ।’

सरकारले कुनै पनि विद्येयक ल्याउँदा ड्राफ गर्दा नै सरोकारवाला पक्षसंग व्यापक छलफल गरेर ल्याउँदा त्यसको विवाद कम हुने उनले बताए । उनले भने– ‘विद्येयक ल्याउदा सरकारले ड्राफ गर्दा नै सरोकारवालासंग व्यापक छलफल गरेर ल्याओस अनि विवाद कम हुन्छ ।’

सभामुख महरालले आफू संचरमन्त्री हुँदा सूचनाको हकसम्बन्धि विद्येयकमा आएका संशोधन स्वीकार गरेको पनि बताए । पत्रकारले तथ्याङ्कअनुरुप मात्रै समाचार लेख्नपर्ने सभामुख महराको भनाई थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर