• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 10:09 pm

विपद् : अभिभावको असावधानीले जोखिममा बालबालिका

काठमाडौं । मनसुन कमजोर बन्दै जाँदा खोलानालाको सतह घट्दो क्रममा थियो । डुबान क्षेत्रबाट पनि पानी घट्दै थियो । असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान खेल्न निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर । थाहा हुनुपर्ने अभिभावकले ख्याल नगर्दा उनले पानीमा डुबेर अकालमा ज्यान गुमाउनुपर्यो ।
 
असार २७ गते वर्षाको उर्लँदो भेलले दाउरा बगाएर ल्याएको देखेपछि दाउरा छोप्न तम्सिए पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल । दाउरा टिप्न बाढीमा पसेका निखिल कहिल्यै नफर्कने गरी दाउरासँगै बगे । बारा कलैयाका विक्की शाहको घर नजिकैको नालामा डुबेर ज्यान गयो भने १० वर्षका अजित शाह खाल्डोमा जमेको पानीमा परे । 

यी केवल प्रतिनिधि घटना मात्र हुन् । अभिभावकले सामान्य हेक्का राखेको भए उनीहरुको अकालमै ज्यान जाने थिएन । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्छन्, ‘अभिभावको असावधानी र बच्चाको जिद्दीपनले घटना भएका छन्, आफू छतमा बस्ने बालबालिकालाई छाडिदिने अवस्था पनि देखियो ।’

असार अन्तिम साताको अविरल वर्षपछि आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका मध्ये आधा बढी बालबालिका छन् । केन्द्रको विवरणअनुसार अहिलेसम्म मृत्यु भएका ९० मध्ये ४६ बालकालिकाले ज्यान गुमाएका छन् । त्यस्तै १८ वर्ष उमेरका दुई जना जोड्दा ४८ जना छन् । केही हराइरहेका पनि छन् । तराईका अधिकांश ठाउँमा परिवारको लापरवाहीका कारण बालबालिकाको मृत्यु भएको पाइएको छ । कतिपय स्थानमा बालबालिकाले जोखिम उठाउँदा पनि ज्यान गुमाएका छन् । तराइमा मृत्यु भएका बालबालिकामध्ये धेरै खाल्डोमा जमेको पानी, पोखरी, नाला वा घर नजिकको कल्भर्टमा परेका छन् ।

कल्भर्टको पानीमा डुबेर झापा दमक नगरपालिका–१० की छ वर्षीया बालिका एलिजा न्यौपाने र खोलाले बगाउँदा नौ वर्षीय सौगात चापागाईँको असार २८ मा मृत्यु भयो । सोही जिल्लाको मेचीनगर नगरपालिका–५ मा खोलाले बगाएर बालक अजित प्रसाईंको ज्यान गयो ।

मोरङ्का १४ वर्षीय ऋषिदेव र कानेपोखरीका आठ वर्षीया प्रिती तामाङ तथा पथरी शनिश्चरेमा ११ वर्षीय सिर्जना तामाङको विपद्का बेला मृत्यु भयो । सुनसरीका १२ वर्षीय तोसिव मियाँ, चार वर्षका जुगेर मियाँ र पाँचथरका १० वर्षीय दिवन राईको खोलाले बगाएर र भोजपुरका १४ वर्षीय जनक विक, १७ वर्षका शिवकुमार राई, १५ वर्षका शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गयो ।

पहिरो आइ घर पुरेर खोटाङको खोटेहाङ गाउँपालिका–२ का चार वर्षीय रोमन  र रोहन राईको मृत्यु भयो । महोत्तरीमा इन्ताज नदाफ, अजरुद्दिन नदाफ, सिराहाको मिर्चैया नगरपालिकाका एक वर्षीया रागनीकुमारी महत्तो, प्रियाङ्का शाह, १५ वर्षका बली शाह, नौ वर्षका मोहम्मद साहिदको जमेको पानीमा र दुई वर्षका ऐयान खानको खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । 

रौतहटमा १० मध्ये पाँच बालबालिकाले विपद्मा ज्यान गुमाए । जसमा  पुरुषोत्तम यादव, परमेश्वर यादव, रविराम, सिद्धान्तराय यादव, सफअन महम्मद रहेका छन् । चार जनाको जमेको पानीमा डुबेर मृत्यु भएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्छन, ‘नदीले बगाएरभन्दा पनि डुबेर धेरै मृत्यु भएको अवस्था छ, एक महिलाले घाँस दाउरा लिन जाँदा बच्चा लिएर गइन्, बच्चा डुबेर मरे, बाढीले त मृत्यु भयो नै, त्यसमाथि लापरवाहीले पनि मरेको छ ।’

पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल बगेर ल्याएको दाउरा टिप्न जाँदा दाउरासँगै बगे । पर्सामा १४ वर्षीय अनुप पटेल, पाँच वर्षका अकलेश ठाकुर, बाराका ५ वर्षीय विकी यादव र १० वर्षका अजित शाहको पनि नाला, खोला र खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो ।  

सिन्धुलीमा १० वर्षका सविता पौडेल र एक वर्षका श्रवण कपारी, काभ्रेका ७ वर्षीय सुहाबी दङ्गाल, काठमाडौँ मुलपानीमा १२ वर्षका कुन्दन यादव र ११ वर्षका सुरज जिम्बाको विपद्का बेला ज्यान गयो । ललितपुरका सन्दीप ल्हो, मकवानपुरका १४ वर्षीया सन्तमाया बलामी, १४ वर्षकी सृष्टी डिमडुङ, धादिङका आठ वर्षीय भक्तसिंह बैजालीको समेत मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपराष्ट्रपति पुन ‘सार्क चार्टर डे’ समारोहमा

  • २३ मङ्सिर, २०७६

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित

सियान र मोदीबीच भगिनी सम्बन्ध

  • २३ मङ्सिर, २०७६

पर्वत । पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।  मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान

हृदयघातका कारण वडा सदस्यको मृत्यु

  • २३ मङ्सिर, २०७६

तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ ।  वडा कार्यालयको नियमित बैठक बसिरहेको