• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 04:57 pm

महानगरको धुलो इँटा बनाउन दिइने 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो ९बु्रमर० ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ । 

यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ । 

महानगरले सञ्चालन गरिरहेका सबै बु्रमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उनको भनाइ छ । उनले भने, ‘हामीले फोहरलाई सकेसम्म सदुप्रयोग गरेर कम परिमाणमा डम्पिङसाइटमा लैजाने योजना बनाइरहेका छौँ ।’

यान्त्रिक कुच्चो (बु्रमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताए । महानगरले पनि फोहरका कर्मचारी कम गर्दे जाने योजना बनाएको उनले बताए । अहिले महानगर आफैँले खरीद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुच्चो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उनको भनाइ छ । 

सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीलाई जनताले ‘निरिह’ भन्ने दिन नआओस : कमल थापा

  • ३२ श्रावण, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्

भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

  • ३२ श्रावण, २०७६

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग

मध्यपहाडी लोकमार्ग मंगलबारदेखि खुल्ने

  • ३२ श्रावण, २०७६

बागलुङ । बाढीले क्षति पुर्रयाउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मंगलबारदेखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र