• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘अपोलो ११’ मिशनको ५० वर्ष पूरा, निल आर्मस्ट्रोन्ग यसरी चन्द्रमामा पुगेका थिए (भिडियो)

तस्विर : वेब

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘अपोलो ११ मिशन’को माध्यमबाट चन्द्रमामा मानिस पुर्याएको शनिवार अर्थात २० जुलाईमा ५० वर्ष पुग्दैछ । नासाको यस मिशनमा ‘निल आर्मस्ट्रोन्ग’ नाम व्यक्ति चन्द्रमा पुगेका थिए । 

यस दिनलाई गुगलले विशेष रुपले सम्झिएको छ । गुगलले डुडल बनाएर एक भिडियो देखाएको जसमा अपोलो–११ मिशनमा चार लाख वैज्ञानिकले कसरी यस मिशनलाई सफल पारे भनेर । 

अपोलो ११ को उद्देश्य यसमा रहेका तीन अन्तरिक्षयात्री निल आर्मस्ट्रोन्ग, एडविन ‘बज’ एल्ड्रिन र माइकल कोलिन्सलाई सुरक्षित रुपले चन्द्रमामा पुर्याएर पृथ्वीमा फर्काउनु थियो । 

अपोलो–११लाई सन् १९६९ मा क्यानेडी अन्तरिक्ष स्टेशनबाट स्थानीयसमय अनुसार, विहान ८ः३२ मा लञ्च गरिएको थियो । यस मिशनमा चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति निल आम्र्सस्ट्रोग बने । 

त्यसको केही मिनेटमा एडविन बज एल्ड्रिनले चन्द्रमामा कदम राखेका थिए । जहाँ माइकल कोलिन्स भने अरबिट पाइलटको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर