• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:11 pm

प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

बेइजिङ । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ । 

‘चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा बताए ।

गेङले अमेरिकाको तेहरानमाथि प्रतिबन्धका माध्यमबाट ‘चरम दवाब’ र ‘लामो दूरीको हतियारमाथिको अख्तियारी’ नै इरान आणविक समस्याको विवादको ‘मुख्य कारक’ भएको बताएका छन् ।

इरानी बेल्जियनी र चिनियाँ कम्पनीले इरानको ‘सेन्ट्रिफ्युज टेक्नोलोजी कम्पनी’का लागि प्रबन्ध सञ्जालका रूपमा काम गरेको र यसका कारण इरानी आणविक शक्ति सङ्गठनलाई हतियार निर्माणमा सहज भएको आरोप अमेरिकी वित्त मन्त्रालयले बिहीबार लगाएको थियो ।

उक्त सञ्जाललाई इरानी कम्पनी बख्तर राद सेपाहन र यसका समुद्रपार रहेका सम्बद्ध कम्पनी तथा फर्मले नेतृत्व गरेको थियो । यसमा चिनियाँ कम्पनी, हेनान जियुआन आलुमिनियम उद्योग कम्पनी रहेका थिए र अमेरिकाले जियुआनमाथि पनि प्रतिबन्ध लगाएको छ । अन्य प्रतिबन्धित कम्पनीमा चीन र बेल्जियममा रहेका अग्रणी कम्पनीहरूसमेत रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हवाई कारबाहीमा ७ तालिबान लडाकू मारिए

  • ३२ श्रावण, २०७६

घाज्नी । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी

ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’ – व्हाइट हाउस

  • ३२ श्रावण, २०७६

वासिंटन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै

काश्मिरमा टेलिफोन र टु–जी इन्टरनेट सेवा पुनः सुरु

  • ३२ श्रावण, २०७६

एजेन्सी । झण्डै दुई साता लामो समय कर्फ्यु र प्रतिबन्धमा रहेको काश्मिर उपत्यकामा शनिवारबाट विस्तारै खुकुलो पार्न थालिएको भारतीय सञ्चारमाध्यमले