नक्कली भारतीय रुपैयाँ सहित २ जना  पक्राउ

धनगढी । प्रहरीले ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

 उक्त नक्कली भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्। भारत लखिमपुरका श्रवण सिंह र सुरजित सिंह पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी उपरिक्षक दक्ष बस्नेतले सुन खरिद गर्न आएका दुवै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर