कर्णाली प्रदेशमा तत्काल पाँच सय कर्मचारी व्यवस्था गर्न माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल पाँच सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने बताएका हुन् । 

मुख्यमन्त्री शाहीले विकास, निर्माणका कामलाई अघि बढाउन तत्काल पाँच सय कर्मचारी आवश्यक रहेको बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै गर्न नसकेको पनि स्पष्ट पारे । उनले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलव, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाव दिए । कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पारे । उनले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढि बजेटको आवश्यक्ता हुने पनि स्मरण गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर