• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अनेरास्ववियूकाे एकता : पहिलो गाँसमै ढुंगा, विवाद उत्कर्षमा

संयोजक महरको कार्यशैलीप्रति अन्यपक्ष असन्तुष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले अझै पूर्णता पाइसकेको छैन् । पार्टी एकताको वर्षदिन नाघिसक्दापनि एकता प्रक्रियामा विलम्ब हुनु आफैंमा कमजोरी सावित भएको नेताहरुले नै बताउन थालेका छन् । 

त्यसोत, एकता प्रक्रियामा अटाइसकेका संगठनमा छोटो समयमा नै विवाद सुरु हुन थालेको लगभग प्रष्ट देखिन थालेको छ । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुभित्रको विवाद केहीदिनदेखि छरपस्ट भएको छ ।

जनवर्गीय एकता टुंगोमा पुग्नेवित्तिकै विद्यार्थी संगठनमा नेतृत्व विवादले चरम रुप लियो । एकता हुने बेलादेखिनै असहज जस्तो देखिएको अनेरास्ववियूमा तत्कालिन नेकपा एमाले खेमाको अनेरास्ववियु र माओवादी केन्द्र खेमाको अखिल क्रान्तिकारीका नेतृत्व समालिरहेका ऐन महर र रञ्जित तामाङले जिम्मेवारीका लागि पहल गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने महर एकतापछि बलियो बनेको संगठनको नेतृत्व लिन सफल भए । लगत्तै, अखिलको नेतृत्व समालेका तामाङले घटुवा बनाइ सह–संयोजकको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि पोखे ।

महरको एकलौटी भेला, नेपाल र प्रचण्ड पक्षको बहिस्कार
झण्डै एक साता अघि संयोजक ऐन महरले एकलौटी रुपमा एक पत्रकार सम्मेलन आयोजना गरे । बागबजारस्थित होटल हार्दीक आयोजना भएको पत्रकार सम्मेलन एकलौटी रुपमा पत्रकार सम्मेलन आयोजना गरेको भन्दै माधव नेपाल र प्रचण्ड पक्षका केही नेताहरुले असन्तुष्टि मात्र पोखेनन बहिस्कार नै गरे । 

महरले होटल हार्दीकमा पत्रकार सम्मेलन आयोजना गर्दैगर्दा सह संयोजक तामाङ विदेशमा थिए । त्यस्तै, सुरेन्द्र बस्नेत र उत्तम अधिकारी लगायतका संगठनका नेताहरुले पत्रकार सम्मेलन बहिस्कार गरे ।

त्यस्तै, माधव नेपाल पक्षधर मानिने सुदेश पराजुली लगायतका केही नेताहरु पनि सम्मेलनमा सहभागि भएनन् ।

पत्रकार सम्मेलनबाटै ‘अनेरास्ववियुले कुनै पनि शैक्षिक संस्थासंग चन्दा नलिने’ भन्ने अनौपचारिक निर्णय भएको समाचार बाहीर आयो ।

भेलाको निर्णय बाहीर आउनासाथ अखिल निकट नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् । एक विद्यार्थी नेताका अनुसार महरले आफूअनुकुल संगठनमा कुनै छलफल नगरी निर्णय गर्न थालेकोले संगठनभित्र विवाद उत्पन्न हुँदै गएको बताए । एकताको ताका नै प्रचण्ड र ओलीको जोडबडमा महरलाई संयोजक बनाइएको भन्दै केही कार्यकर्ताहरुले असन्तुष्टि पोखेका थिए । 
 

‘महरप्रति संगठनभित्रै असन्तुष्टि’
अहिले नै संगठनको केन्द्रीय समिति गठन नभएकोले संगठनका निर्णयहरु संस्थागत हुनेगरी गर्नपर्ने विद्यार्थी नेताहरुको भनाई छ । 

सहसंयोजक नै नभएको बेलामा अनौपचारीक छलफल भनेर बोलाइएको समान्य छलफललाई निर्णयसम्म पुर्याउन खोज्नुले महरको कार्यशैली ठिक नभएको अखिल निकट कार्यकर्ताहरुको गुनासो छ ।

‘संस्कारयुक्त विद्यि पद्धतिमा रहेर संगठनका निर्णयहरु गर्नुपर्ने हुन्छ । यतिबेला संगठनको सबैथोक संयोजक र सह–संयोजकको हातमा रहेको छ । उहाँहरुले निर्णय गर्दा दीर्घकालिन सोचेर गर्नुपर्ने हुन्छ ।’ तत्कालिन अनेरास्ववियुका सचिव समेत रहेका सुदेश पराजुलिले भने । 

संगठनलाई मजबुद बनाउने र छलफलबाट शैक्षिक कार्यदिशा बनाउन महर असक्षम रहेको अखिलका केन्द्रीय सदस्यसमेत रहेका बाल कुमार केसिले बताए । सहि निर्णय नै गरेपनि पार्टीको विधि र नियमबाट हुनपर्ने उनको भनाई छ । 

पार्टीको शैक्षिक कार्यदिशालाई आधार मानेर निर्णय हुनपर्छ : रञ्जित तामाङ
त्यस्तै, सह संयोजक तामाङ भने पार्टी एकतालाई पूर्णता दिन बनेको शैक्षिक प्रतिवेदनमा प्रष्ट उल्लेख भएको भन्दै प्रतिवेदनअनुरुप सबैखाले निर्णय हुनपर्ने बताउँछन् । 

समाचार दैनिकसंगको कुराकानीमा तामाङले भने –‘पार्टी एकतालाई पूर्णता दिनका लागि बनेकोे राजनीतिक प्रतिवेदनमा शैक्षिक कार्यदिशाको बारेमा प्रस्ट बताइएको छ । सोही अनुसार आधारभुतदेखि माध्यमिकसम्मका शैक्षिक संस्थामा संगठनले काम गर्नुपर्दछ ।’
आफ्नो अनुपस्थितिमा भएको पत्रकार सम्मेलनबारे नेता तामाङ केही बोल्न चाहँदैनन् । उच्च स्रोतका अनुसार नेकपाका एक अध्यक्ष ‘प्रचण्ड’लाई केही दिनमै भेटेर आफ्नो यो विषयको जानकारी गराउने पक्षमा अध्यक्ष तामाङ रहेका छन् ।

संगठनमा कुनै विवाद छैन, बहिस्कार गर्ने छुट कसैलाई छैन : ऐन महर
संगठनका संयोजक समेत रहेको महरले भने पार्टीमा कसैलाई छलफल तथा पत्रकार सम्मेलन बहिस्कार गर्न छट नभएको जीकिर गरे । समाचार दैनिकसंगको कुराकानीमा उनले भने–‘पार्टी एकतापछिको ठूलो ऐतिहासिक काममा हामी लाग्नपर्ने बेला छ । कोही साथिहरु नभ्याएर पत्रकार सम्मेलनमा नआउनुभएको होला । संगठनमा कुनै विवाद छैन् ।’ 

साथै, उनले एकलौटी रुपमा आफूले कुनै निर्णय नगरेको बताए । ‘अघिल्लो दिनको छलफलमा उपस्थित सबै साथिहरु भोलिपल्ट आउन नभ्याउनुभएको हो । बहिस्कार गर्ने छुट कसैलाई छैन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर