नेकपा मोरङले विराटनगर बाहेक सबै तहको नेतृत्व छान्यो 

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाले मोरङका १६ स्थानीय तहको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार विराटनगरमा बसेको जिल्ला कार्यालयको बैठकले १७ मध्ये १६ तहको नेतृत्वको टुंगो गरेको हो । 

बैठकले पूर्व पदाधिकारी मध्येबाट गाउँ तथा नगरको नेतृत्व छनौट गर्ने मापदण्ड बनाएको थियो । सोही मापदण्ड अनुसार विराटनगर महानगरपालिका बाहेक सबै तहको नेतृत्वको टुंगो गरेको हो । 

जिल्ला इन्चार्ज घनेन्द्र वस्नेतको प्रमुख आतिथ्यता तथा ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले केरावारी गाउँ पालिकाको अध्यक्ष रामबहादुर कार्की र सचिव जङ्ग खवासलाई तोकेको छ । बैठकले लेटाङको अध्यक्ष कृष्णप्रसाद लम्साल र सचिव दिल्ली बिक, उर्लाबारी नगरपालिका अध्यक्षमा अग्नि भट्टराई र सचिवमा पदम राईलाई तोकेको छ  ।

यसै गरी पथरी शनिश्चरे नगरपालिकाको अध्यक्षमा मोहन तुम्वाफो र सचिवमा वालकुमार मगर, कानेपोखरी गाउँ पालिका अध्यक्षमा भोला अधिकारी र सचिवमा मनोज राजवंशी, बेलबारी नगरपालिका अध्यक्षमा परशुराम सुवेदी र सचिवमा रविन थापा, सुन्दरहरंैचा नगरपालिका अध्यक्षमा केदारप्रसाद गुरागाई र सचिवमा दुष्यन्त भट्टराईलाई तोकिएका छन् । 

ग्रामथान गाउँपालिका अध्यक्षमा कुमार आचार्य र सचिवमा रमेशकुमार भगत, कटहरी गाउँपालिका अध्यक्षमा जितनारायण सरदार र सचिवमा योगेन्द्र यादव, बुढिगंगा गाउँ पालिका अध्यक्षमा दिल्ली आचार्य र सचिवमा ध्यानचन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

यस्तै जहदा गाउपालिका अध्यक्षमा राजकुमार यादव र सचिव धर्मेन्दर राजवंशी, धनपालथान गाउँपालिका अध्यक्षमा सुकदेव यादव र सचिवमा श्रवण पासवान, रंगेली नगरपालिका अध्यक्षमा दलवहादुर वस्नेत र सचिवमा जितलाल मण्डल , सुनवर्सी नगरपालिका अध्यक्षमा जयन्त दास र सचिवमा बर्तलाल राजवंशी तथा रतुवामाई नगरपालिका अध्यक्षमा शिवनारायण राजवंशी र सचिवमा पुष्प कार्कीलाई जिम्मेबारी दिने बैठकले निर्णय गरेको छ । 

बैठकले गाउँ तथा नगर कमिटीले वार्डहरुको नेतृत्व तोक्ने अधिकार पनि प्रत्यायोजन गरेको छ । गाउँ तथा नगरको कार्यालय गठन गर्दा सिनियरहरुबाट गर्ने निर्णय पनि गरेको छ । यसैगरी जिल्ला कमिटीको कामलाई व्यवस्थित गर्न सचिव गणेशप्रसाद उप्रेती र कार्यालय सदस्य बाबुराम कार्कीले जिल्ला कार्यालयको व्यवस्थापनको काम गर्ने निर्णय भएको छ । बैठकले सचिव उप्रेती र कार्यालय सचिव नरेन्द्र बरालको नाममा बैंकखाता सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे र विनोद ढकाल तथा सह–ईन्चार्जहरु गोपी आछामी, महेश रेग्मी, र डा.देउमान सम्वाहाम्फेको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर