• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:12 am

तयार हुँदै छ दशरथ रंगशाला [फाेटाेफिचर]

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला अर्थात् दशरथ रंगशाला धमाधम पुनर्निर्माण भइरहेको छ । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको रंगशाला अहिले चिनियाँ कम्पनीले धमाधम पुनर्निर्माण गरिरहेको छ । 

नजिकिँदो साग खेलकुद तथा विश्वकप एसिया छनोटका लागि मैदान जतिसक्दो तयार गर्नुपर्ने बाध्यता छ । विश्वकप एसिया छनोटमा नेपालले सुरुमा होम ग्राउन्डमा खेल्नुपर्ने भए पनि मैदान तयार नहुँदा नेपालले सुरुमा अवे खेल खेल्ने तयारी गरिरहेको छ ।

दशरथ रंगशालाको निर्माण २०१३ सालमा सुरु भएको हो । २०१३ सालअघि हाल रंगशाला परिसरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिक रुपमा फुटबल खेलिने गरिन्थ्यो । त्यतिखेर यसलाई ‘सानो टुँडिखेल’ भन्ने गरिन्थ्यो । 

२०३४ सालमा शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवमा नियुक्त भएपछि रंगशालाको संरचना सुधार भयो । २०३५ सालमा यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजनाअनुसार काम सुरु भयो र २०३७ सालमा यो कार्य पूरा गरियो । रंगशाला निर्माणसँगै २०३८ सालमा यहाँ पहिलो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरियो । 

त्यसको दुई वर्षपछि यही रंगशालामा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ सुरु भयो । त्यस बेला रंगशालाको मैदान घेर्न पश्चि, दक्षिण र उत्तरतिरको प्यारापिटअगाडि नांगो काँडे तारले घेरिएको थियो । २०४४ सालमा रंगशालामा फुटबल प्रतियोगिता चलिरहेका बेला हावाहुरी चलेपछिको भागदौडमा ७१ जनाको ज्यान गएको थियो । यही घटनाका कारण तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका दिएका थिए । 

अहिले दशरथ रंगशालाको मैदान तयार भइसकेको छ भने प्यारापिट निर्माणलगायतका काम धमाधम भइरहेको छ । २०७२ को भूकम्पपछि थलिएको दशराथ रंगशाला पुनर्निर्माणले धमाधम गति लिइरहेको छ । समाचार दैनिकका लागि दीपेन्द्र ढुंगानाले दशरथ रंगशालाको अवस्थालाई यसरी क्यामरामा कैद गरेका छन्–

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पाको ऐतिहासिक भगवतीको रथयात्रा [फोटोफिचर]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा विजय गरेको सम्झनामा पाल्पामा प्रत्येक वर्ष भगवतीको रथयात्रा निकालिदै आइएको छ ।  भाद्र कृष्ण नवमीका दिन

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा निकालियो सिन्दुर जात्रा [फोटो/भिडियो]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । नेपाली सेनाले भगवतिको रथलाई

सुदूरपश्चिममा यसरी भित्र्याइयो गौरा.... [फोटो फिचर]  

  • ५ भदौ, २०७६

कैलाली । सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा