प्रदेश २ मा छुट्टै विपद् व्यवस्थापन प्राधिकरण 

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले वर्षात, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढी प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधान हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् । 

मुख्यमन्त्री राउतले मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारेका छन् । मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरीबतास र आगलागीका कारण प्रदेश २ मा सबैभन्दा बढी जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागिएको पनि स्पष्ट पारे । 

मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरूको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरू बाढी र डुबानको मारमा पर्नुपरेको पनि स्मरण गराए । मुख्यमन्त्री राउतले सरकारको कामकारबाहीलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले तत्काल प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए । सञ्चारमाध्यममा आएजस्तो प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने अवस्था नरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर