डडेल्धुरा र डोटीमा एनसेलको टावरमा आगजनी

कैलाली । अज्ञात समूहले डडेल्धुरामा गएराति एनसेलको टावरमा आगजनी गरेको छ। जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो।

बुधबार राति ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए। जिल्ला सदरमुकामबाट टाढा रहेकाले अहिले प्रहरी घटनास्थल पुगेको उनले बताए।

‘अहिले प्रहरी टोली घटनास्थल पुगेको छ।’ उनले भने, ‘क्षतिको विवरण आउन बाँकी छ।’ टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।

डोटीमा अज्ञात समूहले एनसेलको टावर जलायो । डोटीमा बुधबार राति अज्ञात समूहले एनसेलको टावर जलाएको छ। जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो।

टावरमा मध्ये रातीको समयमा भएको आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस र्याक, ब्याट्री र्याक, एसइडिपी च्यानललगायतका सामानहरु जलेर क्षति भएको एनसेलका स्थानीय प्रतिनिधि मानसिं धामीले  जानकारी दिए।

आफूहरुलाई घटनाबारे बिहीबार बिहान मात्रै खबर भएको र जानकारी पाएलगत्तै घटनास्थल पुगेको र अहिले पनि घटनास्थलमै रहेको घण्टेश्वर प्रहरीचौकीका असइ करन सिं धामीले जानकारी दिए।

उनकाअनुसार बुधबार बेलुका ५ बजेदेखि ९ बजेसम्ममा घण्टेश्वर प्रहरीचौकीबाट सुरक्षा दिइएको र रातीकाको समयमा टावर जलाइएको हो।

पछिल्लो अवधीमा श्रावण महिनामा मात्रै डोटीमा दुइ स्थानीय तहमा एक–एक गरी दुइ वटा वडा कार्यालयमा आगजनी भएको छ भने अज्ञात समूहबाट आगजनी भएको यो तेश्रो घटना हो। घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर