विप्लव समूहद्धारा सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी

कैलाली । प्रतिबन्धित विप्लव समूहले सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी गरेको छ । प्रहरीले कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको जनाएको छ । कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एकरएक टावरमा आगजनी गरिएको बताईएको छ ।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्बर ६, जानकी गाउँपालिका वडा नम्बर २ र ४, र गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा रहेको एक टावरमा आगजनी गरिएको जानकारी दिए । आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्टोल बक्स लगायतका समान जलेको उनले बताए । 

यस्तै प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुराको काफलीगाडमा रहेको टावरमा पनि आगजनी गरिएको छ । डडेल्धुरामा एनसेलका १५ वटा टावर रहेका छन् । अछामको विनायक नगरपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।  १८ टावर रहेको डोटीमा एउटा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको जोरायल गाँउपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा गयराती आगजनी गरिएको हो । तर कञ्चनपुर, दार्चुला, बैतडी र बाजुरामा एनसेलका टावरमा आगजनी गरिएको विषयमा भने सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर