• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अब जनावरमा विकसित हुनेछ मानवीय अंग, जापानमा दिइयो अनुमति !

तस्विर : वेब

एजेन्सी । प्रविधिको क्षेत्रमा विश्व दिन प्रतिदिन अगाडी बढिरहेको छ । त्यस्तै, जैविक प्रविधिको क्षेत्रमा पनि लगातार नयाँ–नयाँ प्रयोग भइरहेको छ । मानव ‘क्लोनिङ’ होस् वा स्टेम सेल्सको माध्यमबाट गरिएको अध्ययन हुन्, आश्चार्यचकित पार्ने प्रविधिहरु दिनानुदिन विकसित भइरहेका छन् । 

तपाईले अहिले सम्म हाइब्रिड सब्जि र फलफुलका बारेमा सुन्नु भएको हुनसक्छ, तर अब जापानका वैज्ञानिकले एक नयाँ प्रविधिमाथि अध्ययन गर्ने भएका छन् । यस प्रविधिको माध्यमबाट मानव र पशुको हाइब्रिड प्रजाति बनाइनेछ । 

जापानको सरकारले हालै मानव र जनावरको हाइब्रिड बनाउने प्रयोग हुने विवादित ‘स्टेम सेल रिसर्च’लाई स्विकृति दिएको छ । टोक्यो विश्वविद्यालयमा अब भ्रुणको रुपमा मानव र जनावरको हाइब्रिड प्रजातिहरुको विकास गराइनेछ । 

यसमा सबैभन्दा पहिले मानवीय कोशिकाहरुलाई मुसाको भ्रुणको रुपमा उत्पादन गरिनेछ, र त्यसलाई एक सेरोगेट जनावरभित्र विकसित गराइनेछ । 

यस अध्ययनको पक्षधर तथा उत्पतीशास्त्री हिरोमित्सु नाकाउचीका अनुसार, यो प्रविधिले जनवारमा मानव अंग बन्ने पहिलो कदम हो र आगामी समयमा यस प्रविधिबाट प्रत्यारोपणका लागि आवश्यक अंग तयार गर्नमा निक्कै सहयोग मिल्नेछ । 

यद्यपि, विश्वमा यस प्रविधिको व्यापक विरोध हुने गरेको छ । यस प्रविधिको विपक्षमा वकालत गर्नेहरु भन्छन् – यो भगवानले बनाएको संरचनासँग खेलवाड गर्नु हो । 

विश्वभरमा यस प्रकारको अध्ययनलाई प्रतिबन्ध राखिएको छ । तर, अब जापानको शिक्षा तथा विज्ञान मन्त्रालयले नयाँ निर्देशन जारी गर्दै यसै वर्षको मार्चदेखि यस कानुनमा छुट दिइएको छ । 

‘हामी ठ्याक्कै मानवीय अंग बनाउने आशा गरिरहेका छैनौँ, तर नयाँ निर्देशनबाट यो कदमसम्म हामी आफ्नो अध्ययन गर्नेछौँ’, हिरोमित्सु नाकाउचीले भने । उनले यस अध्ययनलाई विस्तारै अगाडी बढाउने घोषणा गरेका छन र आगामी केही वर्षमा हाइब्रिड भ्रुण तयार गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर