• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकै सबैभन्दा सानो ल्यापटप, एक इन्चको स्क्रिन

तस्विर : वेब

एजेन्सी । के तपाई एक इन्चको स्क्रिन भएको ल्यापटपको कल्पाना गर्न सक्नुहुन्छ ? अमेरिकी आइटी इन्जिनियर पल क्लिन्गरले विश्वको सबैभन्दा सानो ल्यापटप बनाएका छन्, जसको नाम हो ‘थिन्क टाइनी’ । 

यस ल्यापटपको स्क्रिन एक इन्च छ भने डिस्प्ले ०.९६ सेन्टिमिटर छ । क्लिन्गरले यो मिनी ल्यापटपमा कि–पेडको बीचमा रातो रंगको ट्रयाक पोइन्ट कर्जर कन्ट्रोलर पनि राखेका छन् । 

यो ल्यापटप बनाउन जम्मा ७ दिन लाग्यो भने यसमा जम्मा ८५ डलर खर्च भएको छ । 

यसलाई बनाउन क्लिन्गरले थ्रि–डी प्रिन्टेड केस तयार पारेका थिए । यस मिनी ल्यापटपमा १२८× ६४ पिक्सलको ओएलइडि डिस्प्ले लगाइएको छ भने ‘एटि–टाइनी’ १६१४ मिनी कन्ट्रोलर पनि दिइएको छ । 

पावरका लागि यसमा ३०० एमएएच ब्याट्री राखिएको छ । ल्यापटमा टिपी ५४०० ब्याट्री चार्जर पनि दिइएको छ । यस ल्यापटपमा विशेषगरी स्नेक, लुनर ल्याण्डर र टेट्रिस जस्ता गेम खेल्न सकिन्छ । 

यसअघि क्लिन्गरले सानो एक गमिङ डेस्कटप पनि बनाएका थिए । यद्यपि, पल क्लिन्गर यो सानो ल्यापटप अहिले बेच्न चाहदैनन्, तर यदि कसैले यस्तै ल्यापटप बनाउन चाहनेका लागि भने उनले सम्पूर्ण कोड र डिजाइन आफ्नो जिटहब पेजमा राखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर