• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इंग्लिश च्यानलमाथि २० मिनेटसम्म उडे एक मानिस !

तस्विर : द पब्लिक्स रेडियो

एजेन्सी । फ्रान्सका आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इंग्लिश च्यानल पार गरेका छन् । ४० वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए ।

उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन् । सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ । उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ ।

जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन् । जपाटाको पहिलो प्रयास गत महिना विफल भएको थियो । 

उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन् ।

यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार, जपाटालाई यति यात्रा तय गर्न जम्मा २० लागेको थियो ।

गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो ।

फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ । सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर