• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 08:40 pm

मिर्गाैलाकाे घातक राेग माेबाइल एपबाटै पत्ता लाग्ने

एजेन्सी– मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ।

मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउन सक्ने बताएका छन्।

सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्रायस् वृद्ध बिरामीहरूमा देखिन्छ।

छिटो उपचार नगरे त्यसले अन्य अङ्गलाई पनि प्रभावित तुल्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार गम्भीर प्रकारको मिर्गौलाको चोटपटकका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जाने गर्छ।

लन्डनको रोयल फ्री अस्पतालमा गरिएको परीक्षणको क्रममा चिकित्सक तथा नर्सहरूले एउटा मोबाइल फोन एपको सहायताले औसतमा १४ मिनेटको अन्तरालमा चेतावनीहरू प्राप्त गरे। चोटपटकको सम्भावना बढेको बेला रक्तपरीक्षण गर्दा त्यस्ता चेतावनीहरू प्राप्त भए।

सामान्य अवस्थामा कैयौँ घण्टापछि मात्र त्यस्तो समस्या पत्ता लाग्थ्यो।
स्ट्रीम्स नाम दिइएको सूचना प्रणाली रोयल फ्री अस्पतालले डीपमाइन्ड नामक प्रविधि फर्मसँग मिलेर बनाइएको हो। त्यसले काममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरल सूचना र ग्राफहरू उपलब्ध गराउँछ।

विभिन्न रक्तपरीक्षणको क्रममा क्रीएटनिन नामक खेर जाने तत्त्वको परिणामको मापन गरिन्छ। त्यसलाई मिर्गौलाले छानेर बाहिर निकाल्ने गर्छ।

रगतमा हुने अन्य सूचकबारे पनि एपले तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ। त्यो विधिको विकास भएपछि उपचार खर्च निकै घटेको अस्पताल व्यवस्थापकहरूले बताएका छन् ।

रोयल फ्रीकी प्रमुख नर्स म्यारी एमर्सनले भनिन्, यसरी अस्पतालका बिरामीहरूको अवस्थाबारे तत्कालै सूचना पाउने विधि एकदमै ठूलो परिवर्तन हो। यसले हामीलाई तत्कालै सूचना पाउन सजिलो भएको छ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जान्नुहाेस्, विश्वमा कुन देशका नागरिक बढी चिनी खान्छन् ? 

  • ३ मङ्सिर, २०७६

एजेन्सी । चर्चित मेडिकल जर्नल ल्यानसेटकाे एक अध्ययन ‘ग्लोबल बर्डन अफ डिजीज–२०१९’ले विश्वभरका १९५ देशहरुको स्वास्थ्य आंकडाको विश्लेषण गरेको छ

अत्यधिक पेनकिलर प्रयोगले पुरुषमा हुन सक्छ नपुंशकता

  • २ मङ्सिर, २०७६

एजेन्सी । धेरैजस्तो महिला तथा पुरुषहरू बाँझोपनको सिकार हुने गरेका छन् । कहिलेकाहीँ यो समस्या प्राकृतिक पनि हुनसक्छ । तर, तपाईंले खाएको खाना र औषधिको

तिलोत्तमामा १५ शय्याको अस्पताल बन्ने

  • २८ कार्तिक, २०७६

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शय्याको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा