• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 05:54 am

भदौदेखि सार्वजनिक बसमा  ‘ई–टिकेटिङ’

पोखरा । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने  र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । 

कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, “अबको छ महीनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ”, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद (साग)लाई दृष्टिगत गरेर पोखराका चार  वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । 
    
उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिए । ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका  केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताए ।  

महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै  गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा  ध्यान दिइरहेको बताए । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश सांसदहरुले सडकदेखि औषधीसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराए

  • ६ फाल्गुण, २०७६

बुटवल । प्रदेश नं ५ को प्रदेश सभामा प्रदेश सभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनसील बिषयमा भएको लापर्बाही

महाकाली चारलेन पुल : ४० प्रतिशत काम सम्पन्न

  • ६ फाल्गुण, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२ स्थित महाकाली नदी माथी निर्माण भइरहेको चारलेन पक्की पुलले निमार्णमा तीव्रता पाएको छ । यसै

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल

  • ६ फाल्गुण, २०७६

हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने