• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:24 am

सुषमा स्वराजकाे ज्यान लिने कार्डिएक अरेस्ट के हो ?

काठमाडौं ।  भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको गएराति कार्डियक अरेस्टका कारण निधन भयो ।  कार्डियक अरेस्टपछि उनलाइ तत्काल एम्स अस्पताल लगिएपनि चिकित्सकहरुले बचाउन सकेनन् । नेपालमा पनि पछिल्लो चरणमा कार्डियक अरेष्टका कारण नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल, जनगायक खुसीराम पाख्रीन लगायतको निधन भईसकेको छ । 

के हो कार्डिएक अरेस्ट ?

कार्डियक अरेस्ट के हो, यो मानवीय शरीरका लागि किन यति खतरनाक साबित हुन्छ र यो हार्ट फेल वा हृदयघातभन्दा कसरी अलग हुन्छ ?

हार्ट।ओआरजीका अनुसार कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरले यसको कुनै लक्षण पनि देखाउँदैन ।

साधारणतया यसको कारण भनेको मुटुमा हुने विद्युतीय गडबडी हो जसले धड्कनको तामेल बिगारिदिन्छ ।

यस्तो हुँदा मुटुको पम्प गर्ने क्षमतामा असर पर्छ र यो दिमाग, मुटु वा शरीरको अन्य अंगमा रगत पुर्‍याउन सक्षम रहँदैन ।

 कार्डियक अरेष्ट भएको केही मिनेट भित्रै मानिस बेहोस हुन्छ र धड्कन पनि आउने जाने भइरहन्छ ।

यदि सही समयमा सही उपचार नपाएको खण्डमा कार्डिएक अरेस्ट भएको केही सेकेन्ड वा मिनेटभित्रै मृत्यु हुनसक्छ ।

कार्डिएक अरेष्टमा मृत्यु निश्चित ?

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मुटुमा विद्युतीय संकेतको समस्याका कारण जब रगत पुग्दैन तब यो कार्डिएक अरेस्टमा परिवर्तन हुन्छ ।

जब मानिसको शरीरले रगतलाई पम्प गर्न बन्द गर्छ तब दिमागमा अक्सिजनको कमी हुन्छ ।

यस्तो हुँदा मानिस बेहोस हुन्छ र सास पनि क्रमशः कम हुन्छ ।

के कुनै लक्षण देखिन्छ ?

सबैभन्दा ठूलो समस्या भनेको कार्डिएक अरेष्ट आउनुअघि यसको कुनै लक्षण देखिँदैन ।

यसै कारण कार्डिएक अरेष्टका कारण मृत्युको खतरा थुप्रै गुणा बढ्ने गर्छ ।

यसको सबैभन्दा साधारण कारण असाधारण हार्ट रिदम बताइन्छ जसलाई विज्ञानको भाषामा भेन्टिकुलर फिब्रिलेशन भनिन्छ ।

मुटुको विद्युतीय गतिविधी यति धेरै बिग्रन्छ कि यसले धड्कन नै बन्द गरिदिन्छ र एक तरिकाले काँप्न थाल्छ ।

कार्डिएक अरेष्टका विभिन्न कारण हुनसक्छन् तर मुटुजन्य रोगले यसको आशंका बढाउने गर्छ । ती यस्ता छन्ः

– कोरोनरी हृदय रोग

– हृदयघात

– कार्डियोमायोप्याथी

– मुटुको भित्री भागमा समस्या

– मुटुका मांशपेशी सुन्निँदा

–लङ्ग क्यूटी सिन्ड्रोमजस्ता गडबडी

यसबाहेक केही अन्य कारण पनि छन् जसले कार्डिएक अरेष्टलाई निम्तो दिन सक्छन्, जस्तैः

– करेन्ट लाग्दा

– अत्यधिक लागुऔषधको सेवन गर्दा

– ह्यामरेज जसमा अत्यधिक रगत बग्छ

– पानीमा डुब्दा

यसबाट बच्न सम्भव ?

तर के कार्डिएक अरेष्टबाट बच्न सकिन्छ ?

पक्कै पनि । थुप्रै पटक छातीमार्फत् इलेक्ट्रिक शक दिँदा यसबाट बच्न सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामक टूलको प्रयोग हुन्छ ।

यो साधारणतया सबै ठूला अस्पतालमा पाइन्छ । तर कार्डिएक अरेस्ट आउँदा डिफिब्रिलेटरको सहज उपलब्धता भएन भने के गर्ने रु

जवाफ हो सिपिआर । यसको अर्थ हो कार्डियोपल्मोनरी रिससिटेशन । यसमा दुबै हातलाई सीधा राखेर बिरामीको छातीमा मज्जाले दबाब दिइन्छ ।

यसमा मुखमार्फत् हावा पनि पुर्‍याइन्छ ।

यो हृदयघातभन्दा कसरी फरक ?

धेरैजसोले कार्डिएक अरेस्ट र हृदयघातलाई एउटै मान्छन् । तर यो साँचो होइन । दुबै भिन्न कुरा हुन् ।

हृदयघात यस्तो अवस्थालाई भनिन्छ जब कोरोनरी आर्टरीमा रगत जमेका कारण मुटुको माशंपेशीसम्म रगत जाने बाटो अवरोध पैदा हुन्छ ।

हृदयघात हुँदा अत्यधिक छाती दुख्छ । यद्यपि, थुप्रै पटक लक्षण कमजोर हुन्छ तर मुटुलाई क्षती पुर्याउनका लागि यो पर्याप्त हुन्छ ।

यसमा मुटुले शरीरको बाँकी अंगमा रगत पुर्याइरहेको हुन्छ र बिरोमी होसमा भइरहन सक्छ ।

तर जो व्यक्तिलाई पहिले नै हृदयघात भइसकेको छ भने उसलाई कार्डिएक अरेस्टको खतरा बढ्छ ।

तर कार्डिएक अरेस्टमा मुटुले तुरुन्त रगत पुर्याउन बन्द गर्छ जसका कारण व्यक्ति अचानक बेहोस हुने र सास पनि बन्द हुने गर्छ ।

हृदयघातमा बच्न सहज ?

हृदयघातमा आर्टरीको बाटो रोकिँदा अक्सिजन भएको रगत मुटुको एक विशेष भागसम्म पुग्दैन ।

यदि यसको बाटो तुरुन्त खोलिएन भने त्यसमार्फत् मुटुको जुन भागसम्म रगत पुग्छ त्यसले निकै क्षती पुर्याउन थाल्छ ।

हृदयघात हुँदा उपचारमा जति ढिलाई हुन्छ, मुटु र शरीरले त्यति नै क्षती व्यवहोर्नु पर्ने हुन्छ ।

यसमा लक्षण तत्काल पनि देख्न सकिन्छ र केही बेरपछि पनि । त्यसबाहेक हृदयघात हुँदा केही घण्टा वा केही दिनपछि सम्म यसको असर देख्न सकिन्छ ।

अचानक हुने कार्डिएक अरेस्टभन्दा भिन्न हृदयघातमा मुटुको धड्कन बन्द हुँदैन ।

त्यसकारण कार्डिएक अरेस्टको तुलनामा हृदयघात भएका बिरामीलाई बचाउन सकिने सम्भावन निकै धेरै हुन्छ ।

मुटुसँग जोडिएका यी दुबै रोगको एक आपसमा निकै गहिरो सम्बन्ध छ । समस्या यो पनि छ कि हृदयघातको क्रममा वा त्यसको उपचारको क्रममा पनि कार्डिएक अरेस्ट हुनसक्छ ।

–बीबीसी

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपचारका क्रममा सुत्केरी वसन्तीको मृत्यु

  • ७ भदौ, २०७६

बाजुरा ।  सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी

एक महिना १०६ जनामा डेङ्गुको संक्रमण

  • ५ भदौ, २०७६

चितवन । चितवनमा साउन महिनामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चार सय ५३ जनामा गरिएको

दुई समिति भएपछि भक्तपुर क्यान्सर अस्पतालमा विवाद

  • ४ भदौ, २०७६

भक्तपुर । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुईवटा व्यवस्थापन समिति भएपछि समितिमा विवाद चुलिएको