• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:48 pm

कहाँ छ समाजसेवा, कहाँ छन् समाजसेवी ? 

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ–आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । 

सामाजिक कार्यको विकास १९ औं शताब्दी अगाडि भएको हो । सामाजिक कार्यले विभिन्न संस्थाहरुमा र संस्थाहरुमार्फत सहयोग दिलाउने काम गर्दछ । यसको सुरुवात व्यक्तिहरुले दिने दान या चन्दाबाट सुरु भएको हो । यो दान या चन्दा धार्मिक संगठन र निसहायहरुका लागि केही व्यक्तिहरुले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि सिको गरेर यसको अवधारणा सुरु भयो । यसको अवधारणा सुरु हुँदा त्यसबेलाको समाज धर्मभीठहरु थियो । र, धर्मकै नाममा मान्छेहरुले नजानिँदो तरिकाबाट समाजसेवा वा सामाजिक कार्यलाई अपनाउँदै गए । यो प्रक्रियाले विभिन्न ठाउँ र देशमा नजानिँदो तरिकाले प्रसारवादको रुप लिइरह्यो र विशेषगरि औद्योगिक क्रान्तिपछि मूर्तरुप लिन पुग्यो ।

मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । जुनसुकै धार्मिक ग्रन्थमा पनि समाजसेवा गर्नुपर्ने र यसले पुण्य मिल्ने कुराहरु कुनै न कुनै रुपमा लेखिएका छन् । हिन्दु धर्मग्रन्थहरुमा उल्लिखित ‘परोपकार पुण्याय पापाय परपीडनम्’ उक्तिले नै सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आत्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठूलो कुरा हो । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्दछ ।

सामाजिक कार्य या समाज–कार्यको छोटो अर्थ समाजका लागि गर्ने काम हो । यो आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ । यसमा आफ्नो घर परिवारभन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरुदेखि ठूलो समुदाय हुँदै सिंगो राष्ट्रलाई पनि सहयोग गर्न सकिन्छ । बास्तवमा सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यहरुका बारेमा अध्ययन गरिन्छ । यस्ता विज्ञानहरुमा मूख्यतः समाजशास्त्र, मानवशास्त्र, व्यवहारिक ज्ञान, व्यवस्थापन, जनसंख्या, शिक्षा, भूगोल, इतिहास, कानून, राजनीतिशास्त्र, मनोविज्ञान, प्रशासन आदिहरु पर्छन् ।

मानिसहरु समाज सेवा गर्न किन रुचाउछन भन्दा पनि समाजसेवा एउटा मानविय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ । समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको भने छ ।

तर यी सबै कुराहरु सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यस्लाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यस्को पनि मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अडकिएको छ । समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरु सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त  समाज सेवा भनेको परोपकार हो ।

परापुर्व कालदेखि नै समाज सेवाको थालनी ईतिहासले देखाएको छ । ब्रम्हाण्डभर समाज सेवाका प्रसस्त संघ तथा संस्थाहरु उम्रेका छन्, समाज सेवी पनि त्यतिकै बिश्वमा प्रख्यात समाजसेविको सुची पनि छ तर यिनीहरु बिश्वभरि नाम कमाएका छन् । तन, मन र धनले समाजप्रति भिजेका छन् र यिनीहरु राष्ट्रका विभुति कहलिन्छन समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ । समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्ग्लो जत्रो हुनु पर्छ ।

तसर्थ समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्मसन्तोषी पनि हुन्छ। समाजसेवामा वैयक्तिक आधार, समूह अथवा समुदायको सहायता लिइने भएको हुनाले यसलाई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षहरुको पनि अध्धयन गर्नुपर्छ। नत्र यसले सम्बन्धित व्यक्ति, परिवार, समुदाय वा सिङ्गो समाजलाई नै नराम्रो प्रभाव पार्न सक्छ ।

यस्तै गोजी र झोली संघसंस्थाकै निम्ति मन्त्रीले सचिव कुटेका समाचार पनि हामीले पढेकै छौं । अनि, सामाजिक संघसंस्थामा सामाजिक कार्यकर्ता या कर्मचारीहरु कसरी छनौट हुन्छन्, त्यो सुनेकै छौं, समाचारमा पनि पढ्न पाएकै छौं ।  ती संघसंस्थाले कसरी कार्यक्रम चलाउँछन्, के गर्छन्, कति बिल पेश गर्छन्, राजनीतिक दल र सरकारमा भएका मान्छेलाई कसरी प्रभावमा पार्छन्, त्यो पनि पढेकै छौं, सुनेकै छौं ।

समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौ । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरु गनाउने भएका छन् । आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालेको छ । मैले समाजसेवीको भावार्थ न बुझेको हो कि । सबैलाई समाजसेवी भनिदियो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ । हामी नेपाली समुदायले एउटा कुनै संस्थामा काम गर्यो र भूतपूर्व अधक्ष्य भयो या कार्यकर्ता भयो समाजसेवी लेखको पाईन्छ ।

समाजसेवी हो या स्वयम्सेवक  समाजसेवीलाई सस्तो बनाउनु हुँदैन र को समाज सही हो भन्ने कुनै निकाय पनि छैन केवल समुदायका सदस्यहरुले नै सम्मान गरी समाजसेवी भनी दिन्छन् र सरकारी तवरबाट पनि समाजसेवी भनेर सम्मान गर्ने परिपाटी छ । कतै कतै स्वयम्ले समाजसेवी पनि लेखिएको देखिएकोले छ र यहाँहरुले पनि देख्नु भएको होला भन्ने बुझेको छु । समाजसेवी बन्नलाई ठुलो त्याग गर्नु पर्छ र तिलान्जली अर्पण गर्नुपर्छ समाजसेवी भनेर आफुलाई समाजमा उभ्याउनु भन्दा स्वयम्सेवक भन्दा समाजले अझ सम्मान गर्ने छन् र विश्वास बढ्ने छ । जो कोहि समाज सेवामा लागेका छन् र उनीहरुले त्यो सम्मान खोज्दैनन् । समाज सेवाको मर्म बुझ्न कोसिस गर्नु पर्छ । विशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ समाजसेवी आफुले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनु पर्छ । केवल नाम र प्रतिष्ठा वृद्धि स्वरुप आफुलाई समाज सेवी भन्न तगारो लगाउनु पर्छ समाज सेविको सहि अर्थ लगाउन जान्नु पर्छ प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र आएको छ जसले जे लेख्यो भने पनि कसैलाई टाउको दुखाई हुने छैन ।

 समाजमा केही योगदान नागरेका समाज सेवी, जनताको कर बाट सरकार मार्फत तलब खाने पनि समाजसेवी, जसको काम नै सुरक्षा गर्नुछ उ पनि समाजसेवी, आखिर को हो त समाजसेवी सोध्न मन लागेको छ मलाई , तर कोसँग सोध्नु ? आफैं अनुत्तरित हुन्छु अनि चुप हुन्छु । खोइ कसले भनी दिन्छ समाजसेवी भएको के हो ? समाजसेवा भनेको के हो ? समाजसेवी र समाजसेवा खोइ ?

सैद्धान्तिक र व्यवहारिक कुरामा जे–जति फरक भए पनि सामाजिक कार्य विशेषगरि समाज र नागरिकप्रति समर्पित कार्य हो। यो व्यक्तिगत स्वार्थबाट सधैं टाढा रहने गर्दछ। नेपालको विकास क्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहास छ। विभिन्न कालखण्डमा धेरै अभियान्ताहरुले सामाजिक सेवाका लागि जीवन समर्पित गरेका प्रशस्तै दृष्टान्त छन्। हाल यो क्रम जारी नै छ। चरम व्यक्तिगत, पारिवारिक, नातागत र धन कमाउने स्वार्थको राजनीतिक छायाँले सामाजिक अभियान्ताहरुलाई छोपेको छ। तर, पनि अभियन्ताहरुको अभियानमा कुनै कमी आएको छैन ।

आजभोलि बालआश्रम, बृद्धआश्रम च्याउ जसरी उमारेका छन कुनैले मन बाट गरे पनि कुनैले विभिन्न लोभ र आर्थिक लाभ का लागि खोलेका छन यसको व्यवस्थापन भने शुन्य छ ।

युवाहरु जानेर, नजानेर यस क्षेत्रमा प्रवेश गर्ने हुनाले धेरैको बुझाई गतल हुने गरेको छ । धेरैमा पैसा आउँछ र त्यही पैसा मध्ये केही रकमले मात्रै काम गर्ने गरेको भन्ने भ्रम हुदो रहेछ। तर, जव पैसा हुदैन भन्ने थाहा पाउँदा छक्कसमेत पर्ने अनुभव छ म सँग ।

त्यस्ता लाल्छनाले गर्दा पनि कतिपय युवाहरु मानसिक तनावमा पर्ने गर्छन् । ुत्यस्तो कुरा गर्दा कहिलेकाही फ्रष्टेसन हुन्छ तर, युवाहरुले जति अन्यले यस क्षेत्रमा काम गर्न सक्दैन जस्तो लाग्छ मलाई । समाजलाई समाजजस्तो बनाउन स्वार्थ, लोभ र पाप बाट मान्छेहरु माथी उठन जरुरी छ । अनिमात्र समाज समाज जस्तो बन्छ । अन्त्यमा, सेवा धर्म हो, गिता मा भनेझै कर्म गर फलको आश नगर भन्ने कुरालाई मध्यनजर गर्दै त्यसलाई व्यबहारमा उतार्ने मात्र समाजसेवी हुन सक्दछ । दलरहित, स्वार्थरहित, जो कर्ममा लाग्दछ त्यसलाई समाजसेवी भन्न सकिएला तर दलका, स्वार्थका अनुवायीहरु समाजसेवी हुनसक्दैनन् । तिनिहरुले समाजसेवा सब्दको अपमान नगरेकै राम्रो ।

अचेल एउटा व्यवसाय खुबै फापेको देखिन्छ– सम्मान र अभिनन्दन। पैसावाललाई सम्मान चाहिएको छ। धन्दा नमान्नुहोस्– त्यसका संस्था बग्रेल्ती छन्। तपाईंलाई कति हजार वा कति लाखको पुरस्कार थाप्नु छ, भन्नुहोस्। आफैं रकम दिनुहोस् । 

त्यसको कार्यक्रम गर्ने खर्च व्यहोर्नुहोस्। दोसल्ला आफैं किन्नुहोस्। साथमा आयोजक संस्थालाई ‘सेवा शुल्क’ टक्रयाउनुहोस् 
। सम्मान पाउने तपाईंको अभिलाषा पूरा भइहाल्छ । उसको पनि व्यापार चल्छ । ‘विन–विन’ को यो धन्दा निकै फैलिएको छ। समाजसेवा यस्तै अर्को व्यवसाय हो । यसमा पनि झार्ने र कमाउने शैली उही प्रयोग हुन्छ ।

देशका विभिन्न क्षेत्रमा बाढीले डुब्दा विदेशबाट करोडौं उठ्यो । त्यो कहाँ पुग्यो– लेखाजोखा छैन । हरेक सिजन देशमा कुनै न कुनै विपत्ति आएकै हुन्छ । दानी नेपालीले ती सबै दुःखद क्षणमा दिएकै हुन्छन् । सदुपयोग भने औंलामा गन्नैपर्ने हुन्छ ।

जब–जब देशमा विपत्ति हुन्छ, ‘समाजसेवा खेती’ निकै मौलाउँछ । भूकम्पले कति घरवारविहीन हुँदा कतिका दरबार जोडिए । पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगका त्यान्द्रातुन्द्री तिनले छरे । ठूलो हिस्साले आफ्नै गोजी भरे । अब त्यो पीडाको व्यापार गर्ने देशमा धेरै हुनेछन् । आफ्नो होइन, अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बन्न हौसिनेहरू बग्रेल्ती देखिनेछन् । पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै ती झुल्किनेछन् । र, आफैं भन्नेछन्– ‘मजस्तो समाजसेवी अरू को होला ?’

मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथीउठेर समाजको सर्वोपरि हितको निम्ती लाग्नु हो ।

कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ । समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ ।  देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता मान्छेको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ ।  हुन त यस्ता समाजसेवी कदरपत्र वा नामका लागि, केही पाइएला भन्ने उद्देश्यले सामाजिक रूपान्तरणका लागि जीवन उत्सर्ग गरेका हुँदैनन् तर नयाँ पुस्तालाई सामाजिक रूपान्तरण गर्ने अभियानमा यस्ता व्यक्तित्वको जीवनीले अभिप्रेरित गरिरहेको हुन्छ ।

व्यवसायिकताको विकास भैरहेको वर्तमान परिप्रेक्षमा सबै सामाजिक कार्य सामाजिक सेवा होइन । त्यो पनि समाजका अन्य पेशा जस्तै एउटा पेशा हो । अब पुनः परिभाषित गनुपर्छ – सेवा कर्म हो । कर्मलाई असल नियतले गर्नु चाहिं धर्म हो । त्यसैले तपाई हाम्रा सेवकहरुले कुन नियतले सेवा गर्दैछन्, सेवा गर्ने सामथ्र्यताको श्रोत के हो, प्रश्न गर्ने बानी बसालौं रु होइन भने कौटिल्यले अर्थशास्त्रमा भनेजस्तै माछाले कतिबेला पानी खान्छ हामी पत्तो नै पाउँदैनौं । उसले जमिनमा आएर थोरै ओकल्दा हामी उसलाई सेवक भनी ठानिरहन्छौं ।

आशा गरौं, समाजको यो भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्माआलोचना गर्न सक्ने इमान्दार समाजिक व्यक्तिहरुलाई अब समाजले चिन्नुपर्छ र अगाडि ल्याउनुपर्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फर्कीएको 'वर्गीय मदिरा'

  • ६ भदौ, २०७६

म सानै उमेरको थिए । त्यस्तै ६/७ बर्ष जतिको । ०५४ सालतिरको कुरा होला । त्यतिवेला माओवादी सशस्त्र जनयुद्धको प्रभाव बढिरहेको बेला थियो । गाउँमा माओवादी

यसकारण प्रधानमन्त्रीमा प्रचण्ड चाहिन्छ

  • ३ भदौ, २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आज अठार महिना पूरा भएको छ । २०७४ फागुन २ गते गठन भएको वर्तमान सरकारले

राष्ट्रसङ्घीय सुरक्षा परिषदमा काश्मिर : समाधानको मध्यस्थ बाटो पहिल्याइएन

  • ३२ श्रावण, २०७६

काठमाडौं । भारत र पाकिस्तानले यसै साता स्वतन्त्रता दिवस मनाए । स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र पाकिस्तानी जनतामा विगत बर्षहरूमा जुन किसिमको