• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 10:05 pm

गुँला पर्वमा ललितपुरमा गरियो पञ्चदान [फोटोफिचर]

ललितपुर । विशेषगरी ललितपुरको नेवार समुदायको बौद्ध धर्माबलम्वीले यल पञ्चदान पर्व मनाएका छन् ।

श्रावण शुक्ल अष्टमीका दिन आजको दिन ललितपुरको विहारहरुमा विभिन्न दिपंकर बुद्धका मूर्ति, बसुन्धरा, करुणामयका मूर्तिहरु तथा शाक्य बज्राचार्यहरुलाई द्रब्य दान दिने महान पर्व पञ्चदान पर्व हो । काठमाडौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा पञ्चदान पर्व एक हो । यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्नेसंग सम्बन्धित छ ।

पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ । 

काठमाडौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा पञ्चदान पर्व एक हो । यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्नेसंग सम्बन्धित छ । पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ ।

पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ । यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ ।

नेपालमा दान गर्ने परम्परा लिच्छवि राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरुमा पाइन्छ । मानदेव, शिवदेव, अंशुवर्मा लगायतका लिच्छवि राजाहरुको पालामा मात्र नभई मल्लकालमा पनि यस परम्परालाई विभिन्न गुठिहरुको व्यवस्था गरी पर्वहरुको व्यवस्थापन गरेको पाइन्छ ।

बौद्ध संस्कृति क्षेत्रमा यसको छुट्टै महत्व छन् । ऐतिहासिक तथ्य अनुसार यो पर्व प्रत्येक वर्ष निश्चित समयमा नियमित रुपमा हालसम्म भव्यताका साथ चलि आएका छन् ।

साथै बज्राचार्य, शाक्यहरु पनि घरघरमा गइ दान ग्रहण गर्ने परम्परा रहेको छ । दिपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास रहेको छ । दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध भनिन्छ ।

बुद्धले सर्वानन्द राजाको संचित धनमा शोषित पिडितको सम्पति समेत रहेको कारण चित्त शुद्ध भएकी दुःखी बृद्धाबाट पहिले दान लिएको कुरा थाहापाएपछि राजामा धर्मचित्त उत्पन्न भएको विश्वास पनि यो पर्वसँग जोडिएको छ । दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ । यो पर्व काठमाडौं उपत्यका लगायत बनेपा पनौति धुलिखेलमा पनि मनाउने गरिन्छ । ललितपुरमा आज मनाएपनि काठमाडौ ,भक्तपुर लगायतका स्थानमा आउने भाद्र कृष्ण त्रयोदशीका दिन मनाइन्छ ।

बज्राचार्य, शाक्य तथा चैलकहरुलाई धान, चामल, मकै , गहुँ, सानो केराउ, नुन,रोटी ,खिर लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौमा पनि जुगच भन्दै पन्चदान पर्व मनाउने गरिन्छ । बौद्ध धर्मावलम्वीले बहाबही वा आफ्नै घरमा दिपंकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु सजाएर दिनभर पन्चदान गर्ने प्रचलन छ । पञ्चदा रु पञ्चदानको सूरुवात र दान गर्ने परम्परा कहिलेबाट ?

बौद्ध समाजमा आफनो आयको केही अंश दान दिन भनि छुट्याउने प्रचलन छ । आफनो आयको केही भिक्षु संघ, विहार संघलाई भोजन दान, वश्त्रदान, औषधी आदि दैनिक प्रयोगका लागि आवश्यक बस्तुहरु दान दिने गरिन्छ । यसका साथै आजका दिन विहार, वही तथा बिभिन्न सम्पदाहरुको संरक्षण गर्न पनि समुदायका सदस्यहरुले श्रमदान गर्ने, भौतिक बस्तुहरु प्रदान गर्ने परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न