आफ्नै छोराले चिर्पटले हान्दा बुवाको घटनास्थलमै मृत्यु 

सांकेतिक तस्बिर

झापा । घरायसी विवादमा छोराले बुवाको हत्या गरेका छन् । झापा कमल गाउँपालिका-१ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै ३० वर्षीय छोरा प्रकाश थापाले दाउराको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार बिहान ७ बजेको समयमा बुबा-छोरा बिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।  बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर