• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 09:09 pm

हुवावेले लञ्च गर्यो आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’

डोङगुआन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो ।

यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो ।

विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ । 

हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले ‘हार्मोनीओएस’ बजारमा ल्याएको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एक अर्ब ५० करोड पटक डाउनलोड भयो ‘टिकटक’ !

  • २ मङ्सिर, २०७६

एजेन्सी । पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो

क्षुद्र ग्रहको एक झुण्ड पृथ्वीतर्फ अघि बढिरहेको छ : नासा

  • २६ कार्तिक, २०७६

एजेन्सी । अमेरिकी अन्तरिक्ष नासाको क्षुद्रग्रह ट्र्याकिङ सिस्टमले पाँच वटा अन्तरिक्ष चट्टानहरु(क्षुद्र ग्रह)को पत्ता लगाएका छन्, जो मंगलबार

चीनमा रातिको १० बजेपछि बालबालिकाले सुत्नु अनिवार्य, भिडियो गेममा प्रतिबन्ध

  • २१ कार्तिक, २०७६

एजेन्सी । चीनको झेजिआङ प्रान्तमा स्कूले बालबालिकाको सुत्ने समयलाई लिएर नयाँ निर्देश जारी गरिएको छ । परिवर्तित नियमका अनुसार, रातको १० बजेपछि सबै