• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:33 am

एचआइभी सङ्क्रमितको लागि स्वास्थ्य बीमा

चितवन ।  चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । 

स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए  । 

सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो । सङ्क्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उनले बताए । अहिले जिल्लामा एक हजार ७२९ जना सङ्क्रमित छन् । उनीहरुमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । 
 
जिल्लामा रहेका सबै सङ्क्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिए । 

अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ । सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार ८०१ जनाको नमूना परीक्षण गर्दा ५४ जना सङ्क्रमित भेटिएका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपचारका क्रममा सुत्केरी वसन्तीको मृत्यु

  • ७ भदौ, २०७६

बाजुरा ।  सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी

एक महिना १०६ जनामा डेङ्गुको संक्रमण

  • ५ भदौ, २०७६

चितवन । चितवनमा साउन महिनामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चार सय ५३ जनामा गरिएको

दुई समिति भएपछि भक्तपुर क्यान्सर अस्पतालमा विवाद

  • ४ भदौ, २०७६

भक्तपुर । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुईवटा व्यवस्थापन समिति भएपछि समितिमा विवाद चुलिएको