• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

गजल : छोरोलाई सडकमा छोडेकी हुँ 

काँच  जस्तै  सम्बन्ध  राखियो भने त्यो कसरी टिक्छ ?
होशियार रहनु होला अचेल पैसामा माया समेत बिक्छ।

प्रयोगशालामा परीक्षण गराए पनि भेट्नु हुन्न बिषादी 
आउनुहोस् मेरो दिल सित्तैमा लैजानुहोस् अर्गा्निक छ ।

गरिबीले सताएपछि छोरोलाई सडकमा छोडिदिएकी हुँ
कमसेकम  भोलिबाट  आफू  बाँच्ने  तरिका त सिक्छ ।

मेरो घरको बाटो हुँदै हिड्न थालेको छ ऊ आजभोलि
के भनेर चिनाऊ मैले तपाईंलाई अहिले यहीँ नजिक छ ।

भोक  टाल्न  कम्मर  कसिदिए मात्र पुग्छ हाम्रो गाउँमा 
तपाईंको शहरको कहानी सुनेपछि लाग्यो धेरै मार्मिक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर