• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

टोनी मारिसन : नोबेल पुरस्कार र ‘द ब्लुएस्ट आई’

काठमाडौं । रंगभेदी व्यवहार र अन्यायको विरुद्ध सशक्त आवाज उठाउने अश्वेत अमेरिकी लेखक तथा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको ८८ वर्षको उमेरमा ५ अगस्टका दिन निधन भयो । लामो समयसम्म अफ्रिकी अमेरिकीहरुका पक्षमा आवाज उठाउँदै आएकी मोरिसनको न्यूयोर्कमा निधन भएको हो । 

११ वटा उपन्यासकी लेखिका टोनी मोरिसनको पहिलो उपत्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थियो । उनले यस पहिलो कृतिबाटै सन् १९९३ को साहित्यतर्फको नोबेल पुरस्कार जितिन् । 

उपन्यासमा एउटी अश्वेत युवतीको सुन्दरताप्रतिको दृष्टिकोणलाई प्रस्तुत गरेकी छन् । उपन्यासकी मुख्य पात्र पेकोला आफ्नो छाला गोरो भइदिएको भए दुःख नपाउने भनाइ व्यक्त गर्छिन् । त्यसैले ऊनी आफ्न नीला आँखाको कल्पना गर्छिन् ।

पेकोलाले सुन्दरतालाई सेतोपनसँग तुलना गरेकी छन् । उपन्यासमा कोल्ली र डारलेनको जोडीले पनि अश्वेत भएकै कारण अपमानित हुनु परेको कुरालाई मोरिसनले बडो मार्मिक रूपमा प्रस्तुत गरेकी छन् । 

दुःख, आश्चर्य र बर्बरतापूर्ण कहानीले भरिएकाले न्यूयोर्क टाइम्सले उपन्यासलाई कविता रुपमा वर्णन गरेको छ । 

सन् १९९३ डिसेम्बरमा जब उनी आफ्नो पहिलो कृतिबाटै जितेको नोबेल पुरस्कार लिन स्टकहल्म जाँदै थिइन्, उनको विषयवस्तु पनि यही थियो – भाषाको शक्ति । उनले भनेकी थिइन् – शब्दमा स्वतन्त्र, शसक्त, कल्पनाशील र स्वस्थ्य बनाउने क्षमता हुन्छ, यसले लाखौँ आवाज विहिनहरुलाई आवाज दिन्छ ।

एक पटक मोरिसनले भनेकी थिइन्, ‘हामी मर्छौ, त्यो जीवनको अर्थ हुनसक्छ । तर, जुन भाषा बोल्छौँ, त्यो हाम्रो जीवनको मापन हो’ ।

मोरिसनले आफ्ना कृतिमा सरल र बोलीचालीको भाषा प्रयोग नै गरेकी छिन् । उनलाई क्रुर भाषा हिंसाभन्दा पनि खतरनाक लाग्छन् । अफ्रिकन लवज र अफ्रिकन पात्रहरूले भरिएका हुन्छन् उनका कृतिहरू । 

टोनी मोरिसन आफै पनि त्यस्ता भेदभाव र अन्यायका प्रत्यक्षदर्शी हुन् । आफ्ना बाबुले गोराहरूबाट भोगेको पीडाका कारण पनि उनले समाजमा व्याप्त असमानतालाई नजिकबाट नियाल्ने मौका पाइन् । 

द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘बुवाले कहिल्यै पनि गोराहरूलाई विश्वास गर्नुभएन । उनीहरूलाई आफ्नो घरमा कहिल्यै प्रवेश गर्न पनि दिनुभएन । तर मेरी आमा उदार हुनुहुन्थ्यो ।’

मोरिसनको परिचय केबल उपन्यासकारका रूपमा मात्र सीमित छैन । उनी एक सफल सम्पादक पनि हन् । प्रख्यात पब्लिकेसन ‘र्यान्डम हाउस’का लागि २० वर्ष वरिष्ठ सम्पादकका रूपमा काम गरेकी उनी सफल नाटककार र समीक्षक पनि हुन् ।

सन् १९५८ मा आर्किटेक्ट ह्यारोल्ड मोरिसनसँग विवाह गरेकी उनले आफ्ना दुई साना बच्चाको स्याहार गदैै र्यान्डम हाउसको जागिर गर्थिइन् । सन् १९६३ मै ह्यारोल्डसँग सम्बन्धविच्छेद गरेकी थिइन् । मोरिसनले प्रिंन्सटन विश्वविद्यायलमा पठाउने काम पनि गरिन् ।

मोरिसन साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी अमेरिकी लेखक हुन् । नोबेलभन्दा अघि पनि उनले थुप्रै साहित्यिक पुरस्कारहरू प्राप्त गरेकी थिइन् । सन् १९८८ मा ‘बिलभेड’का लागि उनले पुलित्जर पुरस्कार पाएकी थिइन् । 

मोरिसनका कृतिहरूले प्रसिद्धि कमाए पनि विवादरहित हुन भने सकेनन् । उनको पहिलो कृति ‘द ब्लुएस्ट आई’ यौन विषयवस्तुका कारण विद्यालयका पाठ्यक्रमबाट हटाउन धेरै माग भएको थियो । 

मोरिसनले सन् २०१२ मा राष्ट्रपति ओबामाको हातबाट ‘प्रेसिडेन्सियल मेडल अफ् फ्रिडम’बाट पुरस्किृत एकी थिइन् । ओबामा र उनको घनिष्ठ मित्रता रहेको बताइन्छ । टोनी मोरिसन हिलारी क्लिन्टनको पनि समर्थक हुन् । 

करिब ५० वर्षको लेखन यात्रामा  मोरिसन अमेरिकी अश्वेतहरूका लागि आफ्ना रचना र अभिव्यक्तिमार्फत लड्दै आएकी थिइन् । गायत्री स्पिभाक चक्रवर्तीले ‘क्यान द सबाल्टर्न स्पिक’मा भनेझैँ मोेरिसनले सीमान्तकृत बनाइएका अश्वेत अमेरिकीहरूको आवाज उठाउने काम गरेकी थिइन् ।

उनले अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रतिनिधित्व गर्दै समान र न्यायपूर्ण समाजको वकालत गर्दै आएकी थिइन् ।

उनले केबल साहित्यिक रचनाबाट मात्रै होइन, विभिन्न अन्तरक्रिया तथा अन्तर्वार्तामार्फत पनि आफ्ना फरक मत राख्दै आएकी छन् । मोरिसनका अन्य थुप्रै चर्चित कृतिहरू छन्, जसमा सर्वाधिक चर्चामा रहेका छन्ः ‘सुला’(सन् १९७३), ‘सङ अफ् सोलोमन’(सन् १९७७), ‘टार बेबी’(सन् १९८१), ‘बिलभ्ड’(सन् १९८७), ‘ज्याज’(सन् १९९२), ‘प्याराडाइज’(सन् १९९७), ‘लभ’(सन् २००३), ‘अ मर्सी’(सन् २००८), ‘होम’(सन् २०१२) र ‘गड हेल्प द चाइल्ड’(सन् २०१५) । 

–विभिन्न एजेन्सीको सहयोगमा
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर