कृषि मन्त्रालयका कामबारे समितिमा छलफल

बुटवल । प्रदेश नं ५ को कृषि वन तथा वातावरण समितिले कृषि क्षेत्रमा भएका कामका बारेमा छलफल गरेको छ । शनिवार बसेको समितिको बैठकमा प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक वर्षको प्रगति विवरण तथा आगामी योजनाका बारेमा छलफल गर्ने क्रममा अनुदानका कार्यक्रमका बारेमा समेत कुरा उठेको थियो ।

समितिका सभापति विजय वहादुर यादवका अनुसार अनुदानका कार्यक्रममा अनियमितता भएको गुनासो बढीरहेकाले सो विषयमा समेत छलफल भएको बताए । उनले अनुदानका बारेमा समितिले अनुगमन गर्ने तयारीमा समेत जुटेको बताए । 

समितिको बैठकमा मन्त्रालयबाट पप्त प्गति विवरण प्स्तुत गरिएको थियो । समितिका सदस्य चेतनारायण आचार्यले प्रगति विवरणका बारेमा तथा आगामी योजनाका बारेमा मन्त्री र सचिवलाई वोलाएर छलफल गरी अगाडी बढ्दा उचित हुने कुरा राखेका थिए । 

त्यस्तै गत वर्ष गरेका कामको अनुगमन गरेर मात्रै समिक्षा गर्दा उचित हुने राय उनले राखेका थिए । बैठकमा कमलराज श्रेष्ठ, दीपेन्द्रपुन मगर, रमा घर्ति, कविराम थारुले मन्त्रालयका कामका बारेमा धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर