बुटवल बसटर्मिनल परिसरमा बहुउद्देश्यीय सपिङ् कम्पलेक्स बन्ने

झण्डै आठ करोडमा ठेक्का सम्झौता, एक वर्षमा निर्माण सक्ने लक्ष्य

बुटवल । बुटटवल उपमहानगरपालिकाले जग्गाको अभाव भएसंगै बहुतले भवन निर्माणमा जोड दिन सुरु गरेको छ । कुन क्षेत्रमा कति तलासम्मको भवन बनाउन सकिन्छ भन्ने विषयमा प्राविधिक अध्यय्न भइरहेको प्रमुख शिवराज सुवेदीले बताए । 

उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण गर्ने भएको छ । लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुन लागेको पार्किङसहितको तीन तलाको भवनको आइतबार उपमहानगरपालिका प्रमुख सुवेदीले शिलान्यास गरे । 

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्नेगरी बहुउद्देश्यीय भवनको उपयोग हुने प्रमुख सुवेदीले बताए । प्रमुख सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसंगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास निर्माणका लागि नगरपालिकाले बीज्ञहरु मार्फत अध्ययन गरीरहेको बताए । 

‘साना–साना घर बनाएर बस्ने र व्यवसाय गरेर अव यहाँको बिकास सम्भव छैन बहुतले भवन बनाउनुपर्छ त्यसका लागि बीज्ञहरुसंग छलफल र प्राविधिक अध्यय्न भइरहेको छ’ प्रमुख सुवेदीले भने–‘अध्ययन पश्चात कति तला सम्मका ठूला भवन बनाउने नगरपालिकाले निणर्य गर्ने छ ।’

शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, वडाअध्यक्षहरु जगदिशचन्द्र आचार्य, पदमबहादुर थापा, भीमबहादुर श्रेष्ठलगायत कार्यपालिका सदस्य, व्यवसायिक संघ संस्थाका प्रमुखहरुको सहभागिता थियो । 

त्यसअवसरमा निर्माण कम्पनी प्रेम सुनिल समिर जेभिका प्रोपराईटर नारायण पोख्रेलले निर्माणकार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । बसटर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसंगको सहकार्यमा निर्माण हुन लागेको हो । यसका लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।  

०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसंग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालीन महत्वका योजनाहरु मध्येकै एउटा योजना अत्याधुनिक पार्किङ भवन अर्थात सपिङ कम्पलेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसंगको सहकार्यमा अरु योजनाहरुलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइने बताए । तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका अर्का इन्जिनियर रुक्मागत बस्यालले बताए । भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर