• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

फेसबुकले यसै वर्ष ‘न्यूज ट्याब’ लञ्च गर्ने

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पठनीय सामाग्री प्रकाशित गर्ने न्यूज ट्याब लञ्च गर्ने भएको छ । फेसबुकले पठनीय सामाग्री प्रकाशित गर्ने अधिकार खरिदनका लागि नयाँ प्रकाशकहरुलाई ३० लाख डलरको प्रस्ताव गरेको छ ।

सिएनइटीका अनुसार, फेसबुकले यसै वर्ष अमेरिकीलाई उत्कृष्ट समाचार सुविधा दिने लक्ष्य लिएको छ । सिएनबिसीका अनुसार, एक राम्रो न्यूज ट्याबमा न्यूज फिड, म्यासेन्जर र घडी जस्ता प्रमुख फिचर्सलाई प्राथमिकता दिइनेछ । 

द वाल स्ट्रिट जर्नलले यसअघि नै भनेको थियो – फेसबुकले आफ्नो न्यूज ट्याबका लागि विषयवस्तुको लाइसेन्सका लागि एबिसी न्यूज र द वासिंटन पोस्ट जस्ता नयाँ आउटलेट्ससँग कुरा गरेर ३० लाख डलर दिनेसम्म प्रस्ताव गरिसकेको छ । 

फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले गत अप्रिलमा आफ्नो प्लाटफर्ममा एक न्यूज सेक्सन राख्ने सम्बन्धमा कुरा गरेका थिए । यो भाग प्रयोगकर्ताका लागि निशुल्क हुनेछ । यद्यपि, फेसबुकले प्रकाशकलाई भने भुक्तानी गर्नसक्ने बताइएको छ । 

जुकरबर्गले एक पोस्टमा भनेका छन्, ‘मानिसमाझ विश्वसनीय समाचार पुर्याउनु र विश्वभरका पत्रकार आफ्नो आवश्यक काम लाग्ने र समाधान खोजिदिन् मेरा लागि निक्कै महत्वपूर्ण छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर