• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बरफको बाकसमा २ घन्टा बसेर बनाए विश्व रेकर्ड

मान्छेहरू भन्छन्– यो मूर्खता हो

एजेन्सी । अस्ट्रियाका खेलाडी जोसेफ कोएबर्लले शनिबार दुई घन्टा आठ मिनेट ४७ सेकेन्डसम्म बरफ भरिएको बाकसमा बसेर विश्व रेकर्ड बनाएका छन् । यस समयमा उनले खाली स्विम सुट मात्र पहिरिएका थिए । जोसेफभन्दा अघि सन् २०१४ मा चिनियाँ खेलाडी जिन सोङहाओको नाममा यो रेकर्ड थियो । उनले ५३ मिनेट १० सेकेन्डमसम्म बरफमा बसेर रेकर्ड बनाएका थिए । 

यो दुई घन्टाको समयमा चिकित्सकको एक टोलीले जोसेफको शरीरको तापक्रम परीक्षण गरेका थिए । रेकर्ड पूरा हुनेबित्तिकै उनको शरीरको सबै परीक्षण गरिएको थियो । रेकर्ड बनाएपछि उनले भनेका छन्, ‘मलाई थाहा छ म अझै अधिक समयसम्म बरफमा बस्न सक्थें । तर, मलाई त्यसको आवश्यकता थिएन । त्यसैले दुई घन्टापछि म बाहिर निस्किएँ । अब म आफ्नो रेकर्ड कहिले भंग हुन्छ भनेर प्रतीक्षामा रहनेछु ।’

मान्छेहरू भन्छन्– यो मूर्खता हो

जोसेफ रेकर्ड बनाएर निकै खुसी थिए । तर, त्यहाँ उपस्थिति केही मान्छेले विभिन्न प्रतिक्रिया दिएका छन् । त्यहाँ उपस्थित एक युवकले भने, ‘यो बिलकुलै मूर्खतापूर्ण हर्कत हो । कोही पागल तथा मूर्खले मात्र विश्व रेकर्ड बनाउनका लागि दुई घन्टासम्म बरफको बाकसमा बन्द रहन सक्छ ।’ जोसेफले यस्तो हर्कत गरेको यो नै पहिलो घटना भने होइन । यसअघि पनि उनले एक टिभी सोमा पनि एक चुनौतीका लागि एक घन्टासम्म यस्तै बाकसमा बसेका थिए । त्यो चुनौती सफल भएपछि मात्र उनले विश्व रेकर्डने योजना बनाएका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर