• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मिस्टर दारी प्रतियोगिताका अब पोखरामा 

काठमाडौं ।  पहिलो पटक मुलुकभर मिस्टर दारी प्रतियोगिताका शुरु हुन् लागेको छ ।  दारीमा इच्छा भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गर्न लागेको हो ।  विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते हुन लागेको छ । 

साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । 

विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् । यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर