• मंगलबार ३-२३-२०७७/Tuesday 07-07-2020/ 12:02 am

लद्दाख सीमामा पाकिस्तानले तैनाथ गर्यो लडाकु विमान !

तस्विर : वेब

एजेन्सी । जम्मू–काश्मिरलाई लिइएको विशेषाधिकार हटाइएपछि भारत र पाकिस्तानबीच तनाव चर्किदै गइरहेको हो । यसैबीच, पाकिस्तानी वायुसेनाले लद्दाखको सीमा नजिकै आफ्नो लडाकु विमान तैनाथ गरेको खबरले यतिबेला भारतीय सञ्चारमाध्यम तातेका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार, भारत प्रशासित क्षेत्र लद्दाखको सीमा नजिकै पाकिस्तानले आफ्नो लडाकू विमान स्कार्दू हवाई अड्डामा तैथान गर्न गइरहेको छ । यसलाई लिएर भारतीय सेना र इन्टेलीजेन्स एजेन्सी चनाखो भएर बसकको पनि बताइएको छ । 

पाकिस्तान वायुसेनाको तीन ‘सी–१३०’ लडाकु विमान लद्दाखसँगको सीमा नजिकै स्कार्दू विमानस्थलमा तैनाथ गरिएको छ र यस जानकारी पाएपछि सम्बन्धि भारतीय एजेन्सीहरु सीमावर्ती क्षेत्रमा पाकिस्तानीहरुको आजातजावतमाथि कडा निगरानी गरिरहिएको एक सरकारी सुत्रले समाचार एजेन्सी एएनआईलाई भनेको छ । 

स्कर्दू हवाई अड्डामा पाकिस्तानले आफ्नो जेएएफ–१७ लडाकु विमान तैनाथ गर्न सक्ने आशंका भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् । 

यद्यपि, एक सुत्रको अनुसार, पाकिस्तानले आफ्नो वायुसेना र सैनिकलाई युद्धाभ्यास गराउने योजना बनाइरहेको छ । यद्यपि, लद्दाख सीमामा लडाकु विमान तैनाथ गरिने भारतको दावी बारे पाकिस्तानले अहिलेसम्म आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वमै सबैभन्दा धेरै भीड हुने फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्यो

  • २२ असार, २०७७

पेरिस । विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ ।  कोरोनाभाइरसको सङ्क्रमणको खतरा

ब्राजिलमाा संक्रमितको संख्या १६ लाख नाघ्यो, मृत्यु हुने ६४ हजार बढी

  • २२ असार, २०७७

रियो डि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित

डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता अबिनादर निर्वाचित

  • २२ असार, २०७७

सान्तो डोमिङ्गो । क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी भएका छन् ।  क्यारेबियाली मुलुकमा विगत १६