• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लद्दाख सीमामा पाकिस्तानले तैनाथ गर्यो लडाकु विमान !

तस्विर : वेब

एजेन्सी । जम्मू–काश्मिरलाई लिइएको विशेषाधिकार हटाइएपछि भारत र पाकिस्तानबीच तनाव चर्किदै गइरहेको हो । यसैबीच, पाकिस्तानी वायुसेनाले लद्दाखको सीमा नजिकै आफ्नो लडाकु विमान तैनाथ गरेको खबरले यतिबेला भारतीय सञ्चारमाध्यम तातेका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार, भारत प्रशासित क्षेत्र लद्दाखको सीमा नजिकै पाकिस्तानले आफ्नो लडाकू विमान स्कार्दू हवाई अड्डामा तैथान गर्न गइरहेको छ । यसलाई लिएर भारतीय सेना र इन्टेलीजेन्स एजेन्सी चनाखो भएर बसकको पनि बताइएको छ । 

पाकिस्तान वायुसेनाको तीन ‘सी–१३०’ लडाकु विमान लद्दाखसँगको सीमा नजिकै स्कार्दू विमानस्थलमा तैनाथ गरिएको छ र यस जानकारी पाएपछि सम्बन्धि भारतीय एजेन्सीहरु सीमावर्ती क्षेत्रमा पाकिस्तानीहरुको आजातजावतमाथि कडा निगरानी गरिरहिएको एक सरकारी सुत्रले समाचार एजेन्सी एएनआईलाई भनेको छ । 

स्कर्दू हवाई अड्डामा पाकिस्तानले आफ्नो जेएएफ–१७ लडाकु विमान तैनाथ गर्न सक्ने आशंका भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् । 

यद्यपि, एक सुत्रको अनुसार, पाकिस्तानले आफ्नो वायुसेना र सैनिकलाई युद्धाभ्यास गराउने योजना बनाइरहेको छ । यद्यपि, लद्दाख सीमामा लडाकु विमान तैनाथ गरिने भारतको दावी बारे पाकिस्तानले अहिलेसम्म आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर