• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 09:10 pm

सौराहामा मनाइयो विश्व हात्ती दिवस... [फोटोफिचर]

चितवन । नेपालमै पहिलोपटक चितवनको सौराहामा विश्व हात्ती दिवस मनाइएको छ । प्रायः सबै दिन पर्यटकसँग सफारीमा रम्ने हात्तीहरू दिवसका दिन चौरभरि फरक दृश्यमा थिए । पर्यटक बोकेर मध्यवर्ती वन क्षेत्रमा सफारीमा व्यस्त हुने हात्तीहरू सौराहामा वनभोजमा रमाएका थिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि फलफूल, बन्दा, धान, सखर लगायतका भोजनको व्यवस्था गरिएको थियो । निजी हात्तीहरू यसरी रमाइलो दृश्यमा देखिए पनि आवश्यक वासस्थानको विस्तार र संरक्षण गर्न नसको खण्डमा जंगली हात्ती लोप हुन सक्ने अवस्था रहेको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीलगायतको उपस्थिति रहेको थियो । नेपालभर जंगली र घरपालुवा गरी करिब पाँच सय हात्ती रहेको तथ्यांक छ । सन् २०१२ मा क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको भए पनि नेपालमा भने पहिलोपटक हात्ती दिवस मनाइएको हो । विश्वभर ३५ देखि ४० हजार हात्ती रहेको अनुमान छ ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, मृगकुन्ज उपभोक्ता समिति, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायीक वनको संयुक्त पहलमा हात्ती दिवस मनाइएको हो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न