• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:12 am

 खसीबोकाको मासुमा प्रतिकिलो २० रुपैयाँ अनुदान

 पाल्पा ।  खरैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा  २० रुपैयाा अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेका जिउँदा खसीबोकाको कारोवारमा अनुदानको व्यवस्था गरिएको हो

गाउँपालिका  क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवालाई व्यावसायिक बनाउन थालिएको छ । 

युवालाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो रु २० अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए ।

गाउँपालिका क्षेत्रभित्रको भुवन पोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैँसीपालन गरी दूधको कारोवार बढ्दो छ । जिल्लाका रिब्दिकोट तिनाउ र बगनासकाली गाउँपालिकामा दूध उत्पादनका आधारमा अनुदान वितरणलाई कार्यान्वयन गर्न थालेपछि रैनादेवी छहरा गाउँपालिकाले पनि अनुदानको कार्यक्रम ल्याएको छ ।

अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारीमार्फत कारोवार गर्नेलाई मात्र अनुदान प्रदान गरिनेछ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि रु सात हजार अनुदान प्रदान गरिने भएको प्रवक्ता पोखरेलले बताउनुभयो । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम ल्याएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत वोेनश शेयर जारी गर्ने

  • ८ भदौ, २०७६

काठमाडौं । नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम

भोलिदेखि खुल्दै आँधीखोलाको सेयर कारोबार, कति पायो मुल्य रेञ्ज ?

  • ८ भदौ, २०७६

काठमाडौं । आँघिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबारदेखि सुरु हुने भएको छ । सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको

अन्तत घटेरै बन्द भयो बजार, ४३ कम्पनीका सेयरधनीले कमाए

  • ८ भदौ, २०७६

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से ३ दशमलव ४५ अंकले घटेर १ हजार २ सय ९ दशमलव ६२ को बिन्दुमा बजार बन्द भएको छ ।  नेप्से सुचक