अन्तराष्ट्रिय युवा दिवसको अवसरमा चार उद्यमी सम्मानित

पाल्पा । तानसेन युवा परिषदले २० औं अन्तराष्ट्रिय  युवा दिवसको अवसरमा ४ जना उद्यमीलाई सम्मान गरेको छ । तानसेन नगरपालिका भित्र रहेर उद्यमशिलता गर्ने ४ जना सफल उद्यमलिाई हौसलाका प्रदान गर्नका लागि सम्मान गरिएको हो ।

सम्मानित हुनेमा तानसेन वडा न. ८ का दुर्गा बहादुर खाण ठकुरी, तानसेन १२ का रुकबिर रेश्मी, तानसेन ९ का बिष्णु प्रसाद भण्डारी र तानसेन ५ का पुजन कार्की रहेका छन ।

उद्यमीलाई सम्मान गर्दै तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भुमिका निर्वाह गरेका युवाले अव आर्थिक क्रान्तिका लागी उद्यमशिल हुनु पर्ने बताए  ।

उनले सरकारले लिएको लक्ष्य अनुरुप समृद्ध नेपाल र सुखी नेपाली निमार्णको लागी युवा उद्यमशिल हुनुपर्ने र त्यसको लागी तानसेन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर