'समाज परिवर्तनका लागि क्रान्ति गर्नुपर्ने बेला आएको छ' – मुख्यमन्त्री पोखरेल

तस्विर : कमल / समाचारदैनिक

पाल्पा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको भन्दै अब समाज परिवर्तनका लागि क्रान्ति गर्नुपर्ने बताएका छन ।

उनले ठूलापार्टीबीचमा अब एकै हौ भन्ने भावनाको विकास गर्न आग्रह समेत गरे । नेकपा पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले केन्द्रका केही नेताको विवादले जिल्लाका नेता–कार्यकर्ता विभाजित हुनुनपर्ने बताए ।

समय, परिस्थिति अनुसार केन्द्रका नेताबीच बहस चल्नु स्वभाविक रहेको बताउदै उनले दुई फरक धारबाट राजनिति गर्दै आएका पार्टीलाई एकै धारको राजनितिमा आउन समय लाग्ने बताए । 

मुलुक एकतन्त्रीय शासनबाट संघीयतामा जाँदै गर्दा केही हलचल हुनुलाई अन्यथा नलिन समेत उनले कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा जिल्लाका ५ सय  बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर