• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

श्रीलङ्का : मापसे गरी सवारी चलाउने ८ हजार चालक पक्राउ

कोलम्बो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ । 

प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् । 

गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विषेश अभियान देशव्यापी सञ्चालन गरेको छ । 

प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म ८ हजार १४७ जनालाई पक्राउ गरिएको उल्लेख छ । 

सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परिक्षण गर्न देशभरीका सडकहरुमा हजारौँ प्रहरीको विषेश टोली खटाइएको छ ।

प्रहरी प्रवक्ता एसपी रुवान गुणसखरले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलङ्काली रूपैँया जरिवाना हुने जानकारी दिए । 

श्रीलङ्कामा गत बर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर