पाल्पाको रैनादेवी गाउँपालिकाले दुध र कृषिमा अनुदान दिने

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले गाउँपालिकाले दुध र कृषिमा अनुदान दिने भएको छ ।

गाउँपालिकाभित्र रहेर सहकारी मार्फत व्यावसायीक  रुपमा तरकारी र पशुपालन गर्ने किसानहरुलाई अनुदान दिने गाउँ पालिकामा बसेको भेलाले निर्णय गरेको छ ।
 
गाउँ पालिका लाई कृषिबाट समृद्ध बनाउने उद्धेश्य राखेर व्यावसायीक रुपमा काम गरेका किसानहरु लाई हौसाल बढाउने र कृषिमा  आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए ।
 
गाउँ पालिकाले दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर १ रुपैया पचास पैसा र तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकेजी १ रुपैया पचास पैसा दिने निर्णय गरेको छ । गाउँपालिका भित्र पछिल्लो समयमा सुन्तला खेती गोलभेडा खेती र पशुपालनतर्फ किसानहरुको आकर्षण बढ्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर