• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अब क्रिकेटको बल पनि ‘स्मार्ट’, बलभित्र जडान गरिनेछ विशेष चिप

एजेन्सी । क्रिकेटमा रातो बल, सेतो बल, गुलाबी बलपछि अब चिपवाला ‘स्मार्ट’ बल आउने भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बल निर्माण गर्ने अस्ट्रेलियाको कुकाबुरा कम्पनीले बलको भित्र चिप फिट गर्ने प्रविधि बनाएको छ । 

यस प्रविधिमा एकपटक चिप राखेर बललाई सिलाएपछि बल पूरै नफुटेको अवस्थामा चिप बाहिर निस्कँदैन, न त त्यो बिग्रन्छ नै ।

यो प्रविधिका कारण चिप राखिएको स्मार्ट बलबाट बलिङ र ब्याटिङको सही समयको तथ्यांक प्राप्त हुनेछ । जब बलर बलिङ गर्ने पोजिसनमा आउँछ, त्यतिखेरदेखि त्यो चिपले तथ्यांक देखाउन सुरु गर्छ । 

बलरलाई जानकारी

बलरको आर्म रोटेसनको एंगल, रोटेसनको रफ्तार, बल रिलिज गर्ने रफ्तार तथा रिलिज पइन्टको जमिनदेखिको उचाइ, बल पिचमा ठोकिने रफ्तार र बल ब्याट्सम्यानसम्म पुग्ने समयसम्मको रफ्तार चिपमा समावेश हुन्छ र सही समयमा स्क्रिनमा देख्न सकिन्छ । 

खेल प्रविधिमा काम गर्ने अस्ट्रेलियाको कम्पनी स्पोर्टर्सकोरले कुकाबुराको सहयोगमा यो चिपवाल बल निर्माण गरेको हो । स्पोर्टर्सकोर अस्ट्रेलियाका पूर्व तीव्र बलर माइकल कास्प्रोविचको कम्पनी हो । चिपजडित बल तथ्यांकलाई तीन हिस्सामा बाँडेर देखाउँछ– रिलिज पोइन्ट डाटा, प्रि पाउन्स डाटा, पोटा बाउन्स डाटा ।

चिपवाला बलले सही समयमा तथ्यांक देखाउँछ

चिपवाला स्मार्ट बल बनाउने कम्पनीका संस्थापक सदस्यमध्ये एक बेन टेटर्सफिल्ड भन्छन्, ‘क्रिकेटमा यसअघि कहिल्यै यस प्रकारको प्रयोग गरिएको छैन । जब दर्शकहरु प्रतियोगिताका साथै स्क्रिनमा सही समयको तथ्यांक देख्ने मौका मिन्छ, त्यतिखेर क्रिकेटको रोमाञ्चकता आफैं बढेर जान्छ ।’

बलभित्र सेन्सर लगाएर सिलाइन्छ 

स्मार्ट बल अर्थात् चिपवाला बल निर्माण गर्नका लागि बलको सिलाइ गर्नुअघि यसभित्र मुभमेन्ट सेन्सर समावेश गरिन्छ र माथिबाट सिलाइन्छ । सेन्सरलाई एक रबर फ्रेमभित्र राखिन्छ ताकि यसले बलको तौल, स्विङ र बाउन्समा असर नगरोस् ।

स्मार्ट बलले तीन तहमा बलको तथ्यांक देखाउँछ

स्मार्ट बल बलरको हाथबाट छुट्ने तथा ब्याट्समा लाग्नुको बीचमा तीन तहमा बलको रियल टाइम तथ्यांक देखाउँछ । बल रिलिज हुने सयमा बलको गति, प्रिबाउन्स स्पिड र पोस्ट बाउन्स स्पिड । यसले बलका साथसाथै पिचको स्थिति बुझ्न पनि सहयोग गर्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर